२२ असोज २०८३
काठमाडौं- सभापतिमा गगन थापा निर्वाचित हुने करिव निश्चित भएसँगै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा सर्वसहमत भएसँगै सिङ्गो महाधिवेशनको ध्यान र कौतूहल भने महामन्त्री पदमा अडिएको छ ? नेपाली कांग्रेसको शक्तिशाली पद महामन्त्रीमा यसपटक ३ जना चयन हुनेछन् ।
जना महिला र २ खुल्ला महमन्त्रीका लागि ११ जनाको उम्मेदवारी परेको छ । एक महिला महामन्त्रीका लागि ३ जना र २ खुल्ला महमन्त्रीका लागि ८ जना उम्मेदवार छन् । महिलतर्फ भन्दा खुल्ला महामन्त्रीमा भने रोचक भिडन्त देखिएको छ ।
किनकी निवर्तमान महामन्त्रीदेखि सहमहामन्त्री र प्रभावशाली नेताहरु मैदानमा उत्रिएका छन् । प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा। सुनील शर्मा र डा। सन्तोष उपाध्याय मैदानमा उत्रिदा धेरैले महामन्त्री चयनलाई भाले भिडन्तका रुपमा लिएका छन् ।
तर, यो चुनावी महासंग्राममा मेडिकल व्यवसायी, पूर्व सांसद तथा लोकप्रिय सामाजिक छवि बनाएका नेता डा। सुनिल शर्माको ’जबर्दस्त माहोल’ले अन्य प्रतिस्पर्धीहरूको सातो उडाइदिएको छ। डा। शर्मा केवल राजनीतिज्ञ मात्र होइनन्, उनी विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक, व्यवसायी तथा समाजसेवी हुन्।
२०७९ को आम निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट फराकिलो मतान्तरसहित सांसद चुनिएका शर्माले ’परोपकारी राजनीति’ र ’स्वास्थ्य सेवा’लाई जोडेर सर्वसाधारणमाझ बलियो पकड बनाएका छन्। विगतमा डा। शेखर कोइरालानिकट रहेका उनी यतिबेला संस्थापन पक्षमा छिरेका नेताहरू र नयाँ पुस्ताका महाधिवेशन प्रतिनिधिहरूको ठूलो रोजाइ बनेका छन्। सामाजिक सञ्जालको क्रेज र उनको विशाल ’मास बेस’ यतिबेला अन्य हेभीवेट उम्मेदवारहरूका लागि ठूलो चुनौती बनेको छ?
डा। शर्माको यो पपुलर छविसँग भिड्न मैदानमा उत्रिएका अन्य उम्मेदवारहरू पनि कम छैनन् । हेर्नुहोस् कुन उम्मेदवार कस्ता छन् ।
नैनसिंह महर– देउवाको गृहजिल्ला डडेल्धुरा, नेविसंघको देशव्यापी सञ्जाल र भूगोलको शक्ति बोकेका सङ्गठनकर्ता।
अमरसिंह पुनः लुम्बिनी प्रदेश सभापति, जनजाति मासबेस र गगन थापालाई पहिलोपटक साथ दिने प्रादेशिक नेता।
प्रदीप पौडेल र गुरुराज घिमिरेः नेविसंघका पूर्वअध्यक्ष, विशेष महाधिवेशनका अगुवा र साख जोगाउने दबाबमा रहेका बहालवाला महामन्त्री।
उदय शमशेर राणाः तरुण दलको नेटवर्क र ’जेनजी’ आन्दोलनपछि नेतृत्व परिवर्तनमा खुलेका सहमहामन्त्री।
डा. सन्तोष उपाध्यायः शिक्षण अस्पतालका चिकित्सक, अछामका युवा प्रतिनिधि र नयाँ पुस्ताको अनुहार।
यसैबीच, महाधिवेशन प्रतिनिधि र उम्मेदवारहरूले नजिकबाट नियालिरहेको मुख्य विषय हो— सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माकोसमर्थन कसलाई छरु सत्य के हो भने, गगन र विश्व कसैको पनि पक्षमा प्रस्ट खुलेका छैनन्१ उनीहरूले कुनै पनि उम्मेदवारलाई प्रस्ट वचन दिएका छैनन्। विशेष महाधिवेशनमा काँध थापेका घिमिरे, पौडेल वा उदय शमशेरलाई जोगाउने ध्येय भए पनि, गगन–विश्व यतिबेला ठूलो धर्मसङ्कटमा छन्– बोले अहिलेसम्म जोगाएर ल्याएको सर्वसम्मतिको माहौल बिग्रिने, नबोले आफूले शुभेच्छा राखेका उम्मेदवारले हार्ने डर१
मासको मन जितेका डा. सुनिल शर्माको जबर्दस्त प्रवेश, भूगोल र सङ्गठनको नेटवर्क बोकेका नैनसिंह महर र अमरसिंह पुनको दबाब, अनि साख जोगाउन सङ्घर्षरत प्रदीप पौडेल र गुरुराज घिमिरे१ यो बहुकोणीय भिडन्तमा गगन–विश्वको मौनताले प्रतिस्पर्धालाई झनै रहस्यमयी बनाएको छ। अब महाधिवेशन प्रतिनिधिहरूले डा। सुनिल शर्माको ’पपुलर वेभ’ रोज्छन् या पुराना सङ्गठनकर्ता नेताहरूलाई— त्यसको फैसला केही बेरमै ब्यालेट बक्सबाट निस्कनेछ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया