१६ मंसिर २०८२
काठमाडौं- आगामी ११ औं महाधिवेशनलाई लक्षित गर्दै नेकपा एमालेभित्रको शक्ति–सन्तुलन र ध्रुवीकरण तीब्र बन्दै गएको छ। निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको विश्लेषणले पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह विभिन्न प्रदेशमा सशक्त रूपमा देखाएको छ । बागमती प्रदेशमा चुनिएका पोखरेल पक्षको प्रभाव बहुमत–नजिक रहेको बताइन्छ।
पूर्वका जिल्लाहरूबाट पनि ‘राम्रै स्थितिमा’ रहेको संकेत आउने क्रम बढेको छ। तर, अध्यक्ष केपी शर्मा ओली समूह महाधिवेशनमा जनवर्गीय संगठन र मनोनीत कोटाबाट प्रतिनिधि तानेर बहुमतको रणनीतिमा सक्रिय भएपछि थप आशंका बढेको हो । उपत्यकाबाट समेत पोखरेलको पक्षमा माहौल बनेपछि पछिल्लो रणनीतिमा नेतृत्व देखापरेको धेरैको बुझाइ छ ।
भक्तपुरमा ओलीका अतिप्रिय महेश बस्नेत स्वयम् महाधिवेशन प्रतिनिधिमा हार्ने अवस्था देखिएपछि अन्ततः व्यापक सहमतिको मोडेल अघि सारिएको थियो । ओलीविरुद्ध उभिएको नेतृत्व पक्ष थप आक्रामक ढंगले अघि बढेको भए अझ निर्णायक परिणाम आउने अवस्था देखिएको बताउँदै एकजना केन्द्रीय सदस्य भन्छन्, ‘धेरैजसोले धारणा सार्वजनिक गरिसकेका छन्, सीमित केही खुल्न बाँकी छ ।’
हिजो काठमाडौंमा सम्पन्न महाधिवेशन प्रतिनिधिहरुको भेलामा धेरैजसोले नेतृत्व परिवर्तनको माग राखेका छन् । ४६ प्रतिनिधिमध्ये करिब ३२ देखि ३५ जना पोखरेल पक्षमा देखिइसकेको एकजना सहभागीले बताए ।
यसबीच, हिजो काठमाडौंमा सम्पन्न महाधिवेशन प्रतिनिधिहरुको भेलामा धेरैजसोले खुला रूपमा नेतृत्व परिवर्तनको माग राखेका छन् । ४६ प्रतिनिधिमध्ये करिब ३२ देखि ३५ जना पोखरेल पक्षमा देखिइसकेको एकजना सहभागीले बताए ।
अन्यत्रका खुलिसकेका छन् भने कर्णाली प्रदेशका प्रतिनिधिहरू अझै स्पष्ट रूपमा नखुलेको बताइन्छ । पोखरेलले आक्रामक कार्यक्रम र स्पष्ट योजना पेश गरेको अवस्थामा कर्णालीबाट पनि ठूलो समर्थन हुने अनुमान गरिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक : गगन थापा
संसद्मा सभामुखको गुनासो- विपक्षीको साथ पाइनँ
यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा
बजेट दिउँसो ४ बजे नै किन सार्वजनिक गरिन्छ ?
बालेन नै प्रत्यक्ष निर्वाचित कार्यकारीबाट ब्याक, झस्कियो रास्वपा, देख्यो क्षतीको खतरा
४० हजार बढी बालबालिका पूर्ण खोपबाट वञ्चित
कांग्रेस–एमालेका कार्यकर्ता पाल्ने कार्यालय नै बालेनले गरे खारेज,मेडिकल कलेज,बोर्ड प्रतिष्ठानसहित यी २५ वटा कार्यालयमा लाग्यो सटर
प्रतिक्रिया