२३ पुस २०८२
काठमाडौं - रुप एक, चरित्र अनेक । कुलमान घिसिङ त्यसैको उदाहरण हुन् । यसो भन्दै गर्दा यीनका समर्थकलाई रिस उठ्ला । तर, सत्य यहि हो की रास्वपाको उपसभापति भै सकेका कुलमान गैर दलिय सरकारमा निर्जज्ज भएर मन्त्री खादै बसे । जव प्रधानमन्त्री सुशिला कार्कीले राजीनामा मागिन तव म कुनै दलको सदस्य होइन भन्दै हिडेका छन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री कार्कीले दलिय गतिविधिमा सक्रिय हुनु भएका मन्त्रीहरुले राजीनामा दिनुहोस भन्दै कुलमान घिसिङ, जगदिश खरेल र बब्लु गुप्तातर्फ इंगित गरेकी थिइन । जगदिश र बब्लु प्रत्यक्ष रुपमा कुनै दलको सदस्य नभए पनि कुलमान भने रास्वपासँगको लिखित सहमति मै उपसभापति भनेर दर्ज भएका छन् ।
रास्वपा जतिको दलको एकैपटक उपसभापति पाएका कुलमानलाई त्यो पचेन की मन्त्री पदबाट राम्रै शुभलाभ भइरहेको छ ? कारण जे होस उनी म रास्वपा होइन भन्दै हिड्न थालेका छन् भने मन्त्री पद नछाड्नु पर्ने कारण नभएको जिकीर गरिरहेका छन् ।
मंगलबार ललितपुरमा इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले अहिलेसम्म आफू कुनै पनि पार्टीको सदस्य नभएको दाबी गरेका छन् । घिसिङको अगुवाइमा उज्यालो नेपाल पार्टी गठन भएको थियो। पुस २४ गते उज्यालो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो।
एकता गर्ने सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षर गर्दा घिसिङ पनि उपस्थित थिए। त्यसलाई लिएर राजनीतिक दल र नागरिक समाजबाट घिसिङले सरकारबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ। यस विषयमा सोधिएको प्रश्नमा घिसिङले भने, ‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ घिसिङले भने। त्यसो त उनलाई प्रश्न सोध्नेलाई नै उनका समर्थकले छोपौला झै गरेका थिए र माइक खोसेका थिए । यद्यपी त्यसको जवाफ दिदै कुलमानले भने– म कुनै दलको सदस्य छैन् ।
मन्त्रीबाट राजीनामा दिएर पार्टी निर्माणमा होमिने, चुनावी माहोल बनाउन केन्द्रित हुनुपर्ने बेला उनी अझै पनि रास्वपासँगको एकतालाई मनदेखि स्विकार गर्न नसके झै गरिरहेका छन् । आफू कुनै दलको सदस्य नभएको दाबी गरिरहेका छन् । उनीसहति ३ मन्त्रीको रबैयाप्रति इंगित गर्दै कार्टुनिष्ट अनुप तमुले बनाएको यो कार्टुनलाई सेयर गरेर रास्वपाका नेता गणेश कार्कीले भनेका छन्– पद दुईदिनको रामछायाँ, चरित्र जीवन भरिलाई । लालच र बहाना छोडिदिउँ । कि भनौँ, यहीँ ठीक छु र अगाडि बढ्दिन । अगाडि बढ्ने नै हो भने त बसिरहेको कुर्सी छोड्नै पर्छ, कुर्सीको मोह छोडौँ ।
रास्वपाका नेताहरुले नै यो तहको टिप्पणी गर्दै गर्दा कुलमान अझै पनि मन्त्रीको कुर्सी छाड्न चाहिरहेका छैनन् । बरु उनी आफूले मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो भने आफूले भनेकै मान्छेलाई आफ्नो मन्त्रालयको जिम्मेवारी दिनु पर्ने अडान तेर्साइरहेका छन् । मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार कुलमानले प्रधानमन्त्री कार्कीलाई जवाफ दिँदै भनेका थिए– ’मैले राजीनामा दिने हो भने म रहेको मन्त्रालयमा मेरै मान्छे मन्त्री बन्नुपर्छ ।’ कुलमानको यो भनाइले उनी मन्त्रालयमा सिन्डिकेट कायम गर्न चाहान्छन् भन्ने संकेत त गरेको छ नै । कतै उनी मन्त्रीको कुर्सीमा बसेर सेटिङका काम फत्ते गर्ने योजनामा त छैनन् भन्ने प्रश्न पनि उठाएको छ । किनकी उनी ठेक्का र लगाउने गतिविधिमा ज्यादा सक्रिय हुँदै आएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया