०१ असोज २०८२
काठमाण्डौ – एशिया कप टी–२० क्रिकेटमा आज पाकिस्तान र घरेलु टोली यूएई खेल्दै छन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । समूह ‘ए’ अन्तर्गत पाकिस्तान र यूएईको समान दुई खेलमा दुई अङ्क छ ।
नेटरनरेटका आधारमा पाकिस्तान दोश्रो र यूएई तेश्रो स्थानमा रहेको छ । दुवै टोलीलाई सुपर फोरमा पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ । अहिलेसम्मका कुनै पनि खेल जित्न नसकेको ओमान तालिकाको पुछारमा छ ।
आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया