२५ पुस २०८२
काठमाडौं- अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पका एकपक्षीय निर्णयमाथि अंकुश लगाएको छ । भेनेजुयलाविरुद्ध थप सैन्य कारबाही गर्न उध्यत राष्ट्रपतिलाई बेलैमा रोक्ने प्रस्तावप्रति रिपब्लिकन पार्टीकै सांसदहरुको समेत समर्थन देखिएको छ ।
सिनेटमा ४७ विरुद्ध ५२ मतले अघि बढाइएको प्रस्तावमा अमेरिकी कांग्रेस (संसद) को अनुमति बिना भेनेजुयलाविरुद्ध थप सैन्य कारबाही गर्न नपाइने उल्लेख छ । उक्त प्रस्तावको नेतृत्व डेमोक्र्याटहरूले गरेका छन् भने पाँच जना रिपब्लिकन सिनेटरले समेत समर्थन जनाएको पाइएको छ ।
प्रस्तावअनुसार राष्ट्रपति ट्रम्पले भेनेजुयलामा थप सैन्य कदम चाल्नुअघि अमेरिकी संसदको ९कांग्रेस० स्वीकृति लिनु अनिवार्य छ । यसलाई अब सिनेटमा पूर्ण बहसपछि मतदान गराइने छ । प्रस्तावलाई प्रतिनिधि सभाले पनि पास गरेको अवस्थामा कार्यान्वयनको लागि अन्त्यमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर आवश्यक हुन्छ ।
तर राष्ट्रपति ट्रम्पले त्यसमाथि भिटो प्रयोग गर्ने सम्भावना अधिक देखिन्छ । त्यस्तो अवस्थामा दुई तिहाइ सांसदको समर्थन आवश्यक हुन्छ,जुन अहिलेको संसदमा असम्भव प्रायः हुनेछ ।
अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई काराकासमा सैन्य कारबाही गरी मध्यरात नियन्त्रणमा लिएको थियो । तर उक्त कारबाहीका लागि अमेरिकी प्रशासनको अनुमति नभएकाले रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीमा चिन्ता उत्पन्न गराएको पाइन्छ । विश्लेषकहरूका अनुसार, यो प्रस्ताव गम्भीर चिन्तनशील राजनीतिक कदम हो जसले अमेरिकी संसद र कार्यकारीबीचको शक्ति सन्तुलन तथा संवैधानिक युद्ध शक्ति अधिकारको विषयलाई पुनः सतहमा ल्याइदिएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया