२५ पुस २०८२
काठमाडौं- अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पका एकपक्षीय निर्णयमाथि अंकुश लगाएको छ । भेनेजुयलाविरुद्ध थप सैन्य कारबाही गर्न उध्यत राष्ट्रपतिलाई बेलैमा रोक्ने प्रस्तावप्रति रिपब्लिकन पार्टीकै सांसदहरुको समेत समर्थन देखिएको छ ।
सिनेटमा ४७ विरुद्ध ५२ मतले अघि बढाइएको प्रस्तावमा अमेरिकी कांग्रेस (संसद) को अनुमति बिना भेनेजुयलाविरुद्ध थप सैन्य कारबाही गर्न नपाइने उल्लेख छ । उक्त प्रस्तावको नेतृत्व डेमोक्र्याटहरूले गरेका छन् भने पाँच जना रिपब्लिकन सिनेटरले समेत समर्थन जनाएको पाइएको छ ।
प्रस्तावअनुसार राष्ट्रपति ट्रम्पले भेनेजुयलामा थप सैन्य कदम चाल्नुअघि अमेरिकी संसदको ९कांग्रेस० स्वीकृति लिनु अनिवार्य छ । यसलाई अब सिनेटमा पूर्ण बहसपछि मतदान गराइने छ । प्रस्तावलाई प्रतिनिधि सभाले पनि पास गरेको अवस्थामा कार्यान्वयनको लागि अन्त्यमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर आवश्यक हुन्छ ।
तर राष्ट्रपति ट्रम्पले त्यसमाथि भिटो प्रयोग गर्ने सम्भावना अधिक देखिन्छ । त्यस्तो अवस्थामा दुई तिहाइ सांसदको समर्थन आवश्यक हुन्छ,जुन अहिलेको संसदमा असम्भव प्रायः हुनेछ ।
अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई काराकासमा सैन्य कारबाही गरी मध्यरात नियन्त्रणमा लिएको थियो । तर उक्त कारबाहीका लागि अमेरिकी प्रशासनको अनुमति नभएकाले रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीमा चिन्ता उत्पन्न गराएको पाइन्छ । विश्लेषकहरूका अनुसार, यो प्रस्ताव गम्भीर चिन्तनशील राजनीतिक कदम हो जसले अमेरिकी संसद र कार्यकारीबीचको शक्ति सन्तुलन तथा संवैधानिक युद्ध शक्ति अधिकारको विषयलाई पुनः सतहमा ल्याइदिएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया