०३ भदौ २०८२
काठमाडौं – नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास भइरहेका भन्दै त्यसको कडा विरोध गर्ने बताएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गठन भएदेखि नै निरन्तर गल्तीहरू गर्दै आएको आरोप लगाउँदै, उपसभामुखमाथिको कदम गलत भएको स्पष्ट पारेका छन्।
पेरिसडाँडामा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, “सरकार बनेदेखि राम्रो काम केही भएको छैन, गल्ती मात्र हुँदै आएको छ। एकजना महिला, आदिवासी जनजाति समुदायकी प्रतिनिधि तथा सामाजिक सेवालाई समर्पित व्यक्तिलाई हटाउने प्रयास अत्यन्तै आपत्तिजनक छ। हामी त्यसको विरोध गर्छौं।”
उनले उपसभामुख राना मगरविरुद्ध कुनै ठोस प्रमाण नभएको उल्लेख गर्दै, हटाउने प्रयास कपोकल्पित र दुर्भावनापूर्ण भएको दाबी गरे।
बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि सरकार अधिनायकवादतिर उन्मुख हुँदै गएको टिप्पणी गर्दै भने, “उपसभामुखलाई हटाउने प्रयास बदनियतपूर्ण देखिन्छ। सरकारको यस्तो व्यवहार अस्वीकार्य छ।”
सापकोटाका अनुसार, उपसभामुखविरुद्धको प्रयासको विषयमा पार्टी अध्यक्ष प्रचण्डले सत्तारुढ दलहरू तथा विपक्षीसँग संवादको पहल गर्ने छन्। पार्टीले यो विषयलाई गम्भीरतापूर्वक लिएको जानकारी दिँदै भोलि फेरि बैठक बस्ने जानकारी पनि दिएका छन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया