०४ फागुन २०८२
प्रतिनिधि सभा सदस्यका उम्मेदवार मणिराम फुयालले काठमाडौं क्षेत्र नं .२ को समग्र विकास, पारदर्शी शासन प्रणाली र जनउत्तरदायी नेतृत्व स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं आज सोमबार नाङ्गलेभारेस्थित ढुङ्गाना गाउँमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पिउने पानी व्यवस्थापन तथा युवाहरूका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने जानकारी समेत दिए । “जनताको विश्वास नै मेरो सबै भन्दा ठूलो शक्ति हो, म पदका लागि होइन, जिम्मेवारीका लागि अघि बढेको हुँ”– उनले भने ।
उनले विगत लामो समयदेखि सामाजिक अभियान, विकास निर्माण तथा सङ्गठनात्मक जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुहुँदै अब त्यस अनुभवलाई संसद्मार्फत प्रभावकारी नीति निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त समेत गरे ।
फुयालले क्षेत्र नंं. २ लाई आधुनिक, सुरक्षित र समृद्ध क्षेत्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै यसका लागि सम्पूर्ण मतदातासँग सहयोग र समर्थनको अपिल गरे ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, युवा प्रतिनिधि तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया