०४ भदौ २०८२
काठमाडौं- साउन महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षको साउनको तुलनामा यो संख्या बढेको छ, र विभागमा ठगी सम्बन्धी ५८० उजुरी परेका छन्। ९८ जना विदेशीले श्रम स्वीकृति लिएका छन् भने ४८१ जनाको शव गत आर्थिक वर्षमा विदेशबाट नेपाल ल्याइएको थियो।
विभागको तथ्यांकअनुसार व्यक्तिगत तवरबाट ८ हजार ५४७ पुरुष र ३ हजार २२५ जना महिला गरी कुल ११ हजार ७७२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै मेनपावरमार्फत पुरुष २९ हजार १३० र महिला २ हजार ७०० गरी कुल ३१ हजार ८३० जनाले श्रम स्वीकृति लिएका छन् ।
यसैगरी पुनः श्रम स्वीकृतिमार्फत पुरुष २० हजार ५४७ र महिला ३ हजार ९७ गरी कुल २३ हजार ६४४ जनाले तथा जीटुजीमार्फत पुरुष ७२४ र महिला १४० गरी कुल ८६४ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिँदा महिला ९ हजार १६२ जना रहेका छन् भने पुरुष ५८ हजार ९४८ जना रहेका छन् ।
गत आर्थिक वर्षको साउन महिनाको तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा पुरुष ५१ हजार ४३० र महिला ८ हजार १४५ जना गरी कुल ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार साउन महिनामा मात्रै वैदेशिक रोजगारीमा ठगीसम्बन्धी ५८० वटा उजुरी परेको छ । जसमा ७४ वटा उजुरी मिलापत्र गराइएको छ भने २६ वटाचाहिँ अदालतमा पुगेको छ ।
९८ जना विदेशीले श्रम स्वीकृति
यसैगरी नेपालमा काम गर्नका लागि चालु आर्थिक वर्षको पहिलो महिनामा ९८ जना विदेशीले समेत श्रम स्वीकृति लिएका छन् ।
यस्तै नेपालमै काम गरिरहेका थप ९४ जना विदेशीले श्रम स्वीकृति नवीकरण पनि गराएका छन् । गत आर्थिक वर्षमा यस्तो श्रम स्वीकृति ८९२ जनाले लिएका थिए भने श्रम स्वीकृति नवीकरण गराउनेको सङ्ख्या १ हजार ६६७ जना रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसैबिच गत आर्थिक वर्ष विदेशमा मृत्यु भएका ४८१ जनाको शव नेपाल झिकाइएको थियो । यस्तै साउन महिनामात्रै ३९ जनाको शव झिकाइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया