०४ भदौ २०८२
काठमाडौं- साउन महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्षको साउनको तुलनामा यो संख्या बढेको छ, र विभागमा ठगी सम्बन्धी ५८० उजुरी परेका छन्। ९८ जना विदेशीले श्रम स्वीकृति लिएका छन् भने ४८१ जनाको शव गत आर्थिक वर्षमा विदेशबाट नेपाल ल्याइएको थियो।
विभागको तथ्यांकअनुसार व्यक्तिगत तवरबाट ८ हजार ५४७ पुरुष र ३ हजार २२५ जना महिला गरी कुल ११ हजार ७७२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै मेनपावरमार्फत पुरुष २९ हजार १३० र महिला २ हजार ७०० गरी कुल ३१ हजार ८३० जनाले श्रम स्वीकृति लिएका छन् ।
यसैगरी पुनः श्रम स्वीकृतिमार्फत पुरुष २० हजार ५४७ र महिला ३ हजार ९७ गरी कुल २३ हजार ६४४ जनाले तथा जीटुजीमार्फत पुरुष ७२४ र महिला १४० गरी कुल ८६४ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिँदा महिला ९ हजार १६२ जना रहेका छन् भने पुरुष ५८ हजार ९४८ जना रहेका छन् ।
गत आर्थिक वर्षको साउन महिनाको तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा पुरुष ५१ हजार ४३० र महिला ८ हजार १४५ जना गरी कुल ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार साउन महिनामा मात्रै वैदेशिक रोजगारीमा ठगीसम्बन्धी ५८० वटा उजुरी परेको छ । जसमा ७४ वटा उजुरी मिलापत्र गराइएको छ भने २६ वटाचाहिँ अदालतमा पुगेको छ ।
९८ जना विदेशीले श्रम स्वीकृति
यसैगरी नेपालमा काम गर्नका लागि चालु आर्थिक वर्षको पहिलो महिनामा ९८ जना विदेशीले समेत श्रम स्वीकृति लिएका छन् ।
यस्तै नेपालमै काम गरिरहेका थप ९४ जना विदेशीले श्रम स्वीकृति नवीकरण पनि गराएका छन् । गत आर्थिक वर्षमा यस्तो श्रम स्वीकृति ८९२ जनाले लिएका थिए भने श्रम स्वीकृति नवीकरण गराउनेको सङ्ख्या १ हजार ६६७ जना रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसैबिच गत आर्थिक वर्ष विदेशमा मृत्यु भएका ४८१ जनाको शव नेपाल झिकाइएको थियो । यस्तै साउन महिनामात्रै ३९ जनाको शव झिकाइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया