२५ पुस २०८२
काठमाडौं- अघिपछि दर्जनौ सुरक्षाकर्मीको लवालस्कर लगाउँदै, सडकमा साइरन बजाउँदै ठाँट देखाउने नेताहरुबाट खोसिएका सुरक्षाकर्मीहरु फेरि फिर्ता हुने भएका छन् । अर्थात फेरि पनि नेताहरुको उहि ठाट र रवाफ देखिने भएको छ ।
ओली, देउवा र प्रचण्डसामु लत्रिएको सुशिला कार्की नेतृत्वको सरकारले उनीहरुको सुरक्षा बढाउने निर्णय गर्दै सुरक्षाकर्मी बाक्लो संख्यामा दिने भएको छ । ३ महिनाअघि मात्रै असोज २३ गते सुशिला सरकारले तिनको सुरक्षामा खटिएका सुरक्षाकर्मी खोसेको थियो । मापदण्डभन्दा बढि सबै सुरक्षाकर्मी फिर्ता बोलाएर वावाही पाएको सरकार फेरि ओली देउवा प्रचण्ड खुसी पार्न उनीहरुको चाहाना अनुसार सुरक्षाकर्मी उपलब्ध गराउने भएको छ ।
पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र शीर्ष तीन नेताबीच पहिलो पटक छलफल गराएका थिए। सोही छलफलमा तीन पूर्वप्रधानमन्त्रीले चुनावका लागि सुरक्षाको वातावरण नबनेको बताउँदै यही बेला सरकारले आफ्ना सुरक्षाकर्मी पनि फिर्ता लगेको गुनासो गरेका थिए। प्रधानमन्त्री कार्कीले चुनाव गराउन प्रतिबद्ध रहेको दोहो¥याउँदै शीर्ष नेताहरूलाई सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने वचन दिएकी थिइन्। सोही अनुसार थप सुरक्षा दिने गरी गृह मन्त्रालयले तयारी थालेको हो।
गृह मन्त्रालय स्रोतका अनुसार ओली, देउवा, प्रचण्डका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई भनिसकेको छ । अब तीनै जना पूर्वप्रधानमन्त्रीले पछुवा गाडीसहितको सुरक्षा पाउने भएका छन् । पछुवा गाडीको व्यवस्था गर्न सशस्त्र प्रहरीलाई भनिएको छ।
यसअघि असोज २३ गते गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठकले मापदण्डभन्दा बढी र मापदण्डविपरीत लगेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गृह मन्त्रालयले परिपत्र गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले देशभर यसरी लगेका पूर्व तथा हालका अति विशिष्ट र विशिष्टसहितले लगेका सुरक्षाकर्मीहरू फिर्ता गरेको थियो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका बढी सुरक्षाकर्मी फिर्ता भएका थिए। जेनजी आन्दोलनमा कुटपिटमा परेका शेरबहादुर देउवाको भने त्यतिबेलै सुरक्षाकर्मी फिर्ता भएका थिए। त्यसपछि देउवाले सीमित मात्रै सुरक्षाकर्मी लिएका थिए।
जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले बढी सुरक्षाकर्मी फिर्ता गर्ने भनेपछि थप टोली पठाइएको थिएन। सरकारले सुरक्षाकर्मीको संख्यासँगै यसअघि खटाएको टोली नै हेरफेर गरेको थियो।
आफ्नो सुरक्षा टोली कटौती र भएकै संख्यामा पनि यसअघिका अधिकृतहरू हटाएपछि तीन पूर्वप्रधानमन्त्रीहरू असन्तुष्ट बनेका थिए। प्रचण्डको सुरक्षामा खटिएका ३४ र ओलीको सुरक्षामा खटिएका २७ प्रहरी फिर्ता गरिएको थियो। यसअघि डीएसपीको नेतृत्वमा सुरक्षा लिइरहेका पूर्वप्रधानमन्त्रीहरूलाई यो बीचमा भने सईको नेतृत्वमा प्रदान गरिएको थियो। सुरक्षा मापदण्ड अनुसार सरकारले पूर्वप्रधानमन्त्रीहरूलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीको सुरक्षा दिँदै आएको थियो।
तर अब चुनाव नजिकिँदै जाँदा सार्वजनिक कार्यक्रममा सहभागिता बढ्ने भएकाले सरकारले थप सुरक्षा व्यवस्था गर्न लागेको दाबी गरिएको छ । अब फेरि उनीहरु पुरानै शैलीबाट सुरक्षाकर्मीको लावालस्कर लगाएर हिड्ने भएका छन् । कम्तिमा ४ दर्जन सुरक्षाकर्मी अघिपछि लाग्ने भएका छन् ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया