११ फागुन २०८२
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन् ।
सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला देशमा कुनै काम नहुने बताए ।
आफूले सरकारको नेतृत्व गर्नासाथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने ओलीको जिकिर छ ।
‘मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाउने रे । काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छ ।’
उनले थप व्याख्या गर्दै भने, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडिजस्तो हुन्छ देश । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’
कतिपयले आफूलाई किन उम्मेदवार बन्नुभएको रु भनेर प्रश्न गरेको बताउँदै अधुरा काम पूरा गर्नका लागि भएको बताए ।
‘कतिपयले मलाई सोध्ने गर्छन्, तपाईंले धेरै काम गर्नुभएको छ, यति धेरै विकास गर्नुभएको छ, अब फेरि किन उम्मेदवार हुन पर्यो र रु काम धेरै भएको छ, तर अझै धेरै गर्नुपर्ने छ । अधुरा काम गर्नुपर्ने छ । त्यसकारण हो,’ ओलीले जिकिर गरे ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया