२८ जेठ २०८३
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले १६ सदस्यीय पदाधिकारी प्रस्ताव गरेको छ । सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा गठन भएको विधान संशोधन कार्यादलले पदाधिकारीसहित केन्द्रीय समितिको संख्याबारे प्रस्ताव गरेको हो ।
उक्त कार्यदलको प्रस्तावित मस्यौदा पारित गर्नका लागि केन्द्रीय समितिमा पेस भएको छ । प्रस्तावित मस्यौदा अनुसार १६ जना पदाधिकारीमा एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहने उल्लेख छ । यस्तै केन्द्रीय समिति पदाधिकारी सहित १३६ जना रहने प्रस्ताव गरिएको छ । सचिवालय २५ जना रहने प्रस्ताव गरिएको छ ।
‘विधान संशोधन कार्यदलले १६ जनाको पदाधिकारी, २५ जना सचिवालय र १३६ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरेको छ । तर केन्द्रीय समिति र पदाधिकारी संख्या बढाउनुपर्ने कुरा पनि उठेको छ’, स्रोतले भन्यो, ‘पदाधिकारीमा अन्य संख्या यथावत राखेर सहमहामन्त्री ९ जना बनाउनुपर्ने भन्ने छ । केन्द्रीय समिति १५१ सदस्य हुनुपर्ने कुरा आएको छ । सहमहामन्त्रीको संख्या बढाउँदा प्रदेश इन्चार्ज तोक्नु नपर्ने तर्क आएका छन् ।’
९ जना सहमहामन्त्री मध्ये ७ जनालाई इन्चार्जको भूमिका खेल्नेगरी ७ प्रदेशको जिम्मेवारी दिने, एक जनाले सभापतिलाई सहयोग गर्ने र अर्का एक सहमहामन्त्रीले संगठन हेर्नेगरी जिम्मेवारी दिनेबारे छलफल भएको नेताहरूले बताएका छन् । प्रवक्ता सभापतिले नै नियुक्ति गर्ने व्यवस्था छ । तीन जना उपसभातिमा एक जना महिला अनिवार्य गरिएको छ ।
मौजुदा केन्द्रीय समिति १२९ सदस्यीय रहेको छ । पदाधिकारी ९ र सचिवालय १६ सदस्यको रहेको छ । पुस १३ गते बालेन्द्र शाहसँग एकता सहमतिमा हस्ताक्षर गरेपछि आमन्त्रित वरिष्ठ नेता रहने व्यवस्था छ । बालेन समूह, विवेकशील साझा, जेनजी समूह, थारुवानरथरुहट लगायत समूहसँग एकतापछि पार्टी ठुलो भएकाले केही आकार बढ्न सक्ने विधान मस्यौदा समितिका संयोजक आचार्यले बताए ।
‘विभिन्न समूहसँग एकतापछि पार्टी ठुलो भएकाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ्न सक्छ । कार्यदलको तर्फबाट केन्द्रीय समितिलाई मस्यौदा बुझाइसकेको छ । त्यहाँबाट आएको राय सुझावको आधारमा थप परिमार्जन हुन्छ’, आचार्यले भने ।
वैशाख ३० गते बसेको केन्द्रीय समिति बैठकले आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदल सदस्यहरूमा सचिवालय सदस्य गणेश पराजुली, केन्द्रीय सदस्यहरू प्रकाशचन्द्र परियार, डा। चन्दा कार्की र सुशान्त वैदिक छन् । उक्त कार्यदललाई जेठ १० गतेसम्म विधान मस्यौदा बुझाउन समय सीमा दिएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया