३० साउन २०८२
काठमाडौं– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६ सय कन्टेनर मितेरीपुलपारि रोकिएका छन् ।
दुई हप्ताभन्दा बढी समयअघि भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाउन नसक्दा गाडी चलाउन मात्रै नभई पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए ।
करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको उनको भनाइ छ । पहिरो पन्छाउने प्रयास सरकारी स्तरमा नभएको गुनासो गरे ।
यसैबीच, चरिकोटको सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने बताएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया