०४ मंसिर २०८२
बारा - जेनजी आन्दोलनका क्रममा बुधवार दिनभर बन्द रहेको सिमरा विमानस्थलमा आज शान्तिपूर्ण ढंगले सञ्चालन आएको छ । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले आज बिहानदेखि नै सबै उडान भइरहेको बताएका हुन् ।
बुधवार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए ।
‘आज हामीले सबै सुरक्षा निकायसँग समन्वय गर्दा विमानस्थलमा खासै त्यस्तो गतिविधि नहुने सङ्केत पाएपछि थप सुरक्षा बल प्रयोग गरेर हवाई उडान अवतरण गरेका हौँ’ सिमरा विमानस्थल प्रमुख अधिकारीले भने– ‘दिउँसो २ः ३० बजेसम्म तेस्रो उडान भइसकेको छ ।’
अधिकारीले विमानस्थलजस्तो अति संवेदनशील क्षेत्रमा हुल हुज्जत र आन्दोलन नगर्न अनुरोध गरेका छन् । ‘विमानस्थलमा हुल हुज्जत, प्रदर्शन गर्दा यसले अन्तर्राष्ट्रिय जगत र पर्यटन क्षेत्रमा नकारात्मक सन्देश दिन्छ’ उनले भने– ‘यसले राज्यलाई नै आर्थिक रूपमा क्षति पुर्याउँछ ।’
जेनजी आन्दोलनका कारण बुधवार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएको थियो । बुधवार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज पठाएको छ । यदि गाडीको माध्यमबाट काठमाडौँ जाने यात्रुहरूको टिकटको शतप्रतिशत रकम फिर्ता हुने विमानस्थलले जनाएको छ
‘प्रर्दशनकारीहरुले विमानस्थल मूल गेटमा ढुंगा मुढा गरेपछि विमानस्थलको सुरक्षा व्यवस्था सशङ्कित भएकोले बुधवार ४ वडा उडान गराउन हामी असमर्थ भयौँ’ विमानस्थल प्रमुख अधिकारीले भने– ‘हिजोको असुविधाको लागि हामीले यात्रुहरूसँग क्षमा पनि मागेका छौँ ।’
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया