०४ मंसिर २०८२
बारा - जेनजी आन्दोलनका क्रममा बुधवार दिनभर बन्द रहेको सिमरा विमानस्थलमा आज शान्तिपूर्ण ढंगले सञ्चालन आएको छ । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले आज बिहानदेखि नै सबै उडान भइरहेको बताएका हुन् ।
बुधवार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए ।
‘आज हामीले सबै सुरक्षा निकायसँग समन्वय गर्दा विमानस्थलमा खासै त्यस्तो गतिविधि नहुने सङ्केत पाएपछि थप सुरक्षा बल प्रयोग गरेर हवाई उडान अवतरण गरेका हौँ’ सिमरा विमानस्थल प्रमुख अधिकारीले भने– ‘दिउँसो २ः ३० बजेसम्म तेस्रो उडान भइसकेको छ ।’
अधिकारीले विमानस्थलजस्तो अति संवेदनशील क्षेत्रमा हुल हुज्जत र आन्दोलन नगर्न अनुरोध गरेका छन् । ‘विमानस्थलमा हुल हुज्जत, प्रदर्शन गर्दा यसले अन्तर्राष्ट्रिय जगत र पर्यटन क्षेत्रमा नकारात्मक सन्देश दिन्छ’ उनले भने– ‘यसले राज्यलाई नै आर्थिक रूपमा क्षति पुर्याउँछ ।’
जेनजी आन्दोलनका कारण बुधवार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएको थियो । बुधवार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज पठाएको छ । यदि गाडीको माध्यमबाट काठमाडौँ जाने यात्रुहरूको टिकटको शतप्रतिशत रकम फिर्ता हुने विमानस्थलले जनाएको छ
‘प्रर्दशनकारीहरुले विमानस्थल मूल गेटमा ढुंगा मुढा गरेपछि विमानस्थलको सुरक्षा व्यवस्था सशङ्कित भएकोले बुधवार ४ वडा उडान गराउन हामी असमर्थ भयौँ’ विमानस्थल प्रमुख अधिकारीले भने– ‘हिजोको असुविधाको लागि हामीले यात्रुहरूसँग क्षमा पनि मागेका छौँ ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया