२० जेठ २०८३
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् ।
राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रम मार्फत ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताएका छन् ।
‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याकेर भागिहाल्नु भनेर होइन,’ ओलीले भने ।
पार्टीलाई सफलतामा लगेर मात्र विदा लिने ओलीले बताएका छन् ।
‘कही आशंका हुन सक्छ । मैले बीचैमा झोला फ्याकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भनेका छन्, ‘म अप्ठयारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधि विधान प्रक्रिया छन् । त्यससंगत मैले विश्राम लिने अवस्था बन्छ ।’
पितृ शोक, गिरफतारी, शल्यक्रिया जस्ता कारणले बीचमा अलमल भएपनि अब नेताहरुसँग भेटवार्ता बाक्लो बनाउने उनले बताए ।
‘पार्टीलाई, आन्दोलनलाई देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्प मेरो यथावत छ,’ ओलीले भने ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया