२१ माघ २०८२
काठमाडौं- आन्तरिक राजस्व कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०८२र८३ को पुस महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयको तथ्यांक अनुसार पुस महिनाका लागि ६२ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ७३ करोड ३१ लाख संकलन भएको हो । जुन लक्ष्यको ११७ प्रतिशत रहेको राजश्व कार्यालयले जनाएको छ ।
उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा २ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म २ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ अर्थात करिब ९० प्रतिशत राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्ष २०८१( ०८२ को पुस मसान्तसम्म २ अर्ब १३ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष २२ करोड रुपैयाँले वृद्धि भएको हो ।
गत वर्षको तुलनामा यस आर्थिक वर्षमा कार्यालयको कार्यक्षेत्र धनुषा जिल्ला र महोतरीका केही पालिकामा मात्र सीमित रहे पनि राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको उनले बताए ।
गत आर्थिक वर्षमा कार्यालयको कार्यक्षेत्र धनुषा, महोतरी, सर्लाही र सिन्धुलीसम्म थियो । तर, चालु आर्थिक वर्षको साउनदेखि करदाता सेवा कार्यालय बर्दिबास आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति भएपछि कार्यक्षेत्र घटाइएको हो ।
प्रमुख कर अधिकृत गुप्ताका अनुसार आर्थिक ऐन २०८२ ले व्यवस्था गरेका छुट तथा सुविधाको व्यापक प्रचार–प्रसार, करदातासँग नियमित सम्पर्क, बक्यौता रकम असुलीमा कडाइ, बजार अनुगमन, करको दायरा विस्तार र कर शिक्षा कार्यक्रमले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ ।
जेनजी आन्दोलनपछि आर्थिक गतिविधि बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको कार्यालयको भनाई छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया