११ फागुन २०८२
काठमाडौं- जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै विचार र दृष्टिकोण नभएका बालेन जस्ता मानिसहरु संसदमा आउन नहुनेमा जोड दिएका छन् ।
आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भने –‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिँदैन । वैचारिक स्पष्टता छैन,दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन, त्यस्ता मान्छेको हल्लाको पछि लाग्नु हुँदैन । अध्यक्ष यादवले मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र साह कहाँ हुनुहुन्यो भन्दै मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताए ।
अध्यक्ष यादवले जसपा नेपालले मधेशको मुद्दा बोक्ने,आदिवासी जनजाति,महिला,उत्पीडित वर्ग,महिला र राष्ट्रिय समस्यालाई बोकिरहेको र यसलाई मधेशका जनताले तिनलाई राम्रोसँग बुझेको उल्लेख गरे। –“मधेशमा घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, ग्राउण्ड रियालिटी त्यस्तो देखिदैन ।”
मधेशको समस्या,आदिवासी जनजाति, दलित, अल्पसंख्यक मुस्लिम, दलित, थारु, पिछडा वर्गको समस्या समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अगाडि बढ्ने यादवले बताएका छन् ।
अध्यक्ष यादवले विगत ३५ वर्ष काँग्रेस–कम्युनिष्टको नेतृत्वमा बनेका सरकारले सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग लगायतमा कुनै सुधार गर्न नसकेको दावी उनले गर्नुभयो । अध्यक्ष यादवले संविधान त्रुटीपूर्ण भएको समयक्रमसँगै प्रमाणित भएकोले संविधान संशोधन अपरिहार्य रहेको बताएका हुन ।
पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोष नागरिकको हत्या गर्दा आफूहरु संयमित भएर आन्दोलन अगाडि बढाएको उल्लेख गर्दै भन्नुभयो– ‘राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोलि त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक छौं ।’ उनको आशय जेनजी आन्दोलनमा भएको आर्थिक क्षतितर्फ लक्षित थियो ।
यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा
बजेट दिउँसो ४ बजे नै किन सार्वजनिक गरिन्छ ?
बालेन नै प्रत्यक्ष निर्वाचित कार्यकारीबाट ब्याक, झस्कियो रास्वपा, देख्यो क्षतीको खतरा
४० हजार बढी बालबालिका पूर्ण खोपबाट वञ्चित
कांग्रेस–एमालेका कार्यकर्ता पाल्ने कार्यालय नै बालेनले गरे खारेज,मेडिकल कलेज,बोर्ड प्रतिष्ठानसहित यी २५ वटा कार्यालयमा लाग्यो सटर
स्वास्थ्य विमा बन्द,अब नीजिमा उपचार नपाइने, बालेनले किन कटौती गरे स्वास्थ्यमा लगानी
झन्डै शतप्रतिशत जनसंख्यामा पुग्यो विद्युत् पहुँच
दल निकट कर्मचारीका नेतालाई दुर्गम सरुवा गरियो
४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा
प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन पहल गर्ने रास्वपाको प्रतिबद्धता
प्रतिक्रिया