१६ मंसिर २०८२
काठमाडौं - सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यविधि ३० दिन थप गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण गर्न गठित समितिको कार्यविधि थप गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालन समितिको अध्यक्ष पदमा नियुक्त गर्ने र लुम्बिनी विकास परिषद्को सदस्य सचिव पदमा दीपक श्रेष्ठलाई मनोनीत गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।
त्यसैगरी बैठकले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐनको अनुसूची र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐनको अनुसूचीमा हेरफेर गर्ने निर्णय भएको उनले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाली सेनाका तीन जना सहायक रथीको पदावधि थप गर्ने र एक जना महासेनानीको राजीनामा स्वीकृत गरेको छ भने लिखु गाउँपालिका, नुवाकोटको केन्द्र वडा नम्बर ३ भलाद्मीडाँडाबाट परिवर्तन गरी वडा नम्बर ४ गड्खारमा कायम गर्ने निर्णय गरेको छ ।
नर्स चुस्ने शहीद मेमोरियल अस्पतालविरुद्ध चर्कियो आन्दोलन, मेडिकल डाइरेक्टर र व्यवस्थापन समितिको भागाभाग
प्रहरीको छापापछि अतालियो एनसेल, स्मार्ट सेल खरिदबाट भयो ब्याक, विष्णु पौडेल शैलीमा लिन खोज्दैछ उन्मुक्ति
संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले गरे बहिष्कार
एनसेलले यसरी कौडीको भाउमा कब्जा गर्यो ३० अर्बको सरकारी सम्पत्ति, एनसेलका अधिकारी समात्दै सिआइबी !
बारम्बार बालेनसँग किन भिड्दैछन् हर्क ,खास के हो दुष्मनी ? मागे प्रधानमन्त्रीको राजीनामा
१३ आयोजनालाई सरकारले दियो ८ अर्ब २५ करोडकाे सामानमा कर छुट, कसले कति पाए ?
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय
अर्जुननरसिंहले भने– प्रधानमन्त्रीले तोकेको मन्त्रीले टेबल गर्दा हुन्छ, ज्ञानेन्द्र र ऐनले भने– आउनैपर्छ
मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट समातिएका थिए सीईओ पाण्डे
मन्त्रीको सचिवालय सदस्य नै अपहरकारी ,नांगै बनाएर भिडियो खिचेपछि जाकिए खोरमा
प्रतिक्रिया