२७ कात्तिक २०८३
काठमाडौं - चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ ।
बिहान सवा ११ बजेदेखि नै छलफल सुरु भएको हो ।
रास्वपाका २० जना नेताहरू आइतबार ९२९ कात्तिक० देखि चीन भ्रमणमा जाँदै छन् ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपामा २० जना सांसद चीन जान लागेका हुन् ।
चिन जानु अगाडि उनीहरूले प्रधानमन्त्री बालेनसँग भेटेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) निमन्त्रणामा रास्वपा सांसदहरूको प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्नेछ । उक्त भ्रमणको समयावधि ११ दिनको रहेको छ ।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा।आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा। धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा।राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा। सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।
सांसदहरूको प्रतिनिमिण्डलले चीनका बिभिन्न शहरको भ्रमण गर्नेछ । बेइजिङ, हाङचोउ, सिचुवान लगायतका ठाउँको भ्रमण गर्नेछन् ।
चिन भ्रमणमा निस्कनुअगाडि सांसदहरूको टोलीले प्रधानमन्त्री बालेनसँग छलफल गरेको हो ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया