०२ भदौ २०८२
काठमाडौं- गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । सोमबार अदालतले उनलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो ।
बैङ्किङ कसुर मुद्दामा उनी आइतबार राजधानीको चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर उनीमाथि अनुसन्धान गरिरहेको छ ।
गोर्खाली नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर, पछि उनले टिकट पाएनन् ।
२०५८ सालमा रोशन लिम्बुको सुन्धारास्थित बेबी लोन डिस्कोमा हत्या भएको थियो । उक्त हत्यामा अहिले पक्राउ परेका गोर्खाली नै प्रत्यक्ष्य जोडिएका थिए । गोर्खालीले तरबार प्रहार गरेर रोशनको हत्या गरेका थिए ।
यो प्रकरणमा गोर्खाली १० वर्ष कैद भुक्तान समेत गरेका थिए । उनै गोर्खाली कारागारबाट छुटे पनि पटक पटक पक्राउ पर्दै आएका छन् । कहिले हातहतियारको कसुरमा र केहिले लेदनेन र गुन्डागर्दीको कसुरमा उनी पक्राउ पर्दै आएका छन् ।
काठमाडौँ चावहिलका स्थानीय बासिन्दा गोर्खाली राजधानीलाई केन्द्र बनाएर गुण्डागर्दी, गिटी, बालुवाको अवैध व्यापारमा संलग्न रहँदै आएका छन्। राजनीतिक शक्तिको पछाडि लाग्ने प्रवृत्तिका गोर्खाली २०७४ को चुनावमा राप्रपा प्रवेश गरेका थिए।
राजधानीको सिभिल मल ठेक्का लिएर असुली गर्दै आएको आरोप पनि उनीमाथि छ। गोर्खाली सिन्धु कांग्रेसका महासमिति सदस्य पनि हुन् । १४ औँ महाधिवेशनमा लोकप्रिय मत ल्याएर उनी क्रमशः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया