०२ असोज २०८२
काठमाडौँ- साताको अन्तिम दिन शेयर बजार ठूलो अंकले ओरालो लागेको छ । बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० खुल्नेबित्तिकै पहिलो नेगेटिभ सर्किट लागेको बजारमा मध्याह्न पौने १२ बजे दोस्रो नेगेटिभ सर्किट लागेको हो ।
जेन(जीका नाममा गत भदौ २३ र २४ गते देशभर भएको विध्वंसक प्रदर्शनपछि पहिलो पटक खुलेको शेयर बजार राताम्य भएको हो । यसअघि खुलेको दुई मिनेटमै पहिलो सर्किट ब्रेक लाग्दा बजार २० मिनेटलाई बन्द भएको थियो ।
बजार खुलेको दुई मिनेटभित्रै १०७।०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लाग्दा लगानीकर्तामा निराशा छाएको छ ।
२० मिनेट रोकिएर खुलेको बजारमा १३३।६१ अंक अर्थात् ५ प्रतिशतले कारवबार ओरालो लाग्दा अर्को नकारात्मक सर्किट ब्रेक लागेको छ ।
दोस्रो नकारात्मक सर्किट लागेसँगै नेप्से १३३।६१ अंकले घटेर २५३८।६३ बिन्दुमा ओर्लिएको छ । दोस्रो नकारात्मक सर्किट ब्रेकपछि बजार ४० मिनेटलाई रोकिएको छ ।
नियमअनुसार बजार खुलेको एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घट्दा वा बढ्दा सर्किट लाग्छ ।
त्यसपछि बजार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटे वा बढे ४० मिनेटका लागि कारोबार रोकिन्छ । उता ६ प्रतिशतले बजार घट्दा वा बढ्दा त्यो दिन बजार नै बन्द हुने नियम छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया