१६ मंसिर २०८२
काठमाण्डौ – आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन गरिने भएको छ ।
अस्ति आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथ कार्यालयमा स्थापना भएसँगै तयारी शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा स्वीकृत कार्यक्रम अनुसार यही मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् ।
मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिनेछ । आउँदो पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरुको बन्द सूची अन्तिम प्रकाशन हुनेछ । समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी बहन गरे ।
समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने छन् । विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २ सय ७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । सभामा १ सय ६५ सदस्यको प्रत्यक्ष र बाँकी १ सय १० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।
अझै सुरु भएन एमाले निर्वाचन
मधेसका पूर्वसभामुख र पूर्वमुख्यमन्त्री दुवै एकै क्लस्टरबाट एमाले केन्द्रीय सदस्यका उम्मेदवार
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
एमाले महाधिवेशन : ईश्वर पोखरेल पुगे मतदानस्थल
दुई प्यानल भएपछि महाधिवेशनमा उठ्न चाहिनँ : विद्या भट्टराई
एमालेको अध्यक्ष बन्न ओली र पोखरेलले दिए उम्मेदवारी
ओली प्यानलमा नपरेका नेतालाई पदाधिकारीमा समेट्न ईश्वर पोखरेल पक्ष सक्रिय
महानगरको प्राथमिकतामा खर्च कटौती: बालेन
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
ओली र इश्वरले टुंगो लगाए उम्मेदवारको नाम, महासचिवमा सुरेन्द्र र शंखर भिड्ने
प्रतिक्रिया