२१ पुस २०८२
काठमाडौं - गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घरभएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी पवन भट्टराईले बताए ।
पक्राउ पर्नेमा भारतीय नक्कली नोट छाप्न काठमाडौंमा मेसिन ल्याउने व्यक्ति समेत रहेको प्रहरीको भनाइ छ ।
उनीहरूबाट प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट बाइक, भारु ५ सय दरका ३१७ थान नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोल लगायतका समानहरू बरामद गरेको छ ।
गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे
गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो
पचास लाख म्यासेज पठाउने राजावादी पक्राउ
सुन र चाँदीको मूल्य हालसम्मै महंगो
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि…
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको उम्मेदवारी
भारतमा नाै जनाको मृत्युपछि सल्यानकाे भडारे गाउँमा शोक
भृकुटीमण्डपमा मनोनयन धमाधम, ३ जनाले लगे सभापतिको फाराम
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय ३ महिना बन्द
प्रतिक्रिया