१७ फागुन २०८२
काठमाडौं - अमेरिका (इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले खामेनीको मृत्युमा शोक व्यक्त गरेको छ।
इरानी समाचार एजेन्सी फार्सका अनुसार, आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’
इरानका सञ्चारमाध्यम तस्निम र फार्सका अनुसार खामेनी मात्र होइन, आक्रमणमा उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्।
यसैबिच इरानी सेनाले अब ‘इतिहासकै खतरनाक हमला’ सुरु गरिने चेतावनी दिएको छ।
उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले अब चाँडै कब्जा गरिएका क्षेत्र र अमेरिकी आतंकवादी अड्डाहरूविरुद्ध इतिहासकै सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’
सन् १९८१ देखि ७ वर्ष ३११ दिनसम्म इरानको राष्ट्रपति रहेका खामेनी सन् १९८९ मा सर्वोच्च नेता चुनिएका थिए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया