०७ मंसिर २०८२
काठमाडौं– भदौ २३ र २४ गतेको घटनाका विषयमा छानविन गर्न बनेको जाँचबुझ आयोगले यहि साता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई कठघरामा उभ्याउने भएको छ ।
उनीहरुलाई बयानका लागि बोलाउन आयोगले पत्र काट्नुका साथै प्रश्न तयार गर्ने काम धमाधम थालेको छ। अहिलेसम्म आयोगले आधाभन्दा बढी काम सकिसकेको जानकारी गराउँदै अब हुने बयानका आधारमा ओली र लेखकलाई बोलाइने जनाएको छ ।
जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको र स्कूल ड्रेसमा रहेका विद्यार्थीहरुको टाउको र छातिमा ताकि ताकी गोली हानेको भन्दै जेनजीहरुले ओली र लेखकलाई पक्राउ गरेर बयान लिनु पर्ने माग गर्दै आएका छन्। उनीहरुविरुद्ध प्रहरीमा हत्या अभियोगको जाहेरी समेत दर्ता भएको छ । तर, प्रहरीले उक्त जाहेरीलाई तामेलीमा राखिदिएको छ।
सरकारले भने जाँचबुझ आयोगले दिएको रिपोर्टका आधारमा ओली र लेखकमाथिको कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। आयोगले सम्भवत यति साता उनीहरुसँग बयान लिने भएको छ। बयानका लागि पत्र काट्ने, नआए पक्राउ नै गरेर बयान लिनेसम्मको रणनीति आयोगले बनाएको छ।
आयोगले अहिलेसम्म मुख्यसचिव एकनारायण अर्यालदेखि प्रहरीका डीआईजीसम्मका अधिकारीको बयान लिइसकेको छ । एक दुई दिनमा तत्कालिन अइजीपी चन्द्रकुँबेर खापुङसँग पनि केहि दिनमा बयान लिने तयारी गरेको आयोग स्रोतले जनाएको छ। तत्कालीन उपत्यका प्रमुख (हालका आईजीपी) दानबहादुर कार्कीसँग पनि अयाोगले बयान लिदैछ ।
आयोगले नेपाली सेनाको भूमिका माथि पनि छानिवन गर्दैछ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सार्वजनिक संस्था तोडफोड, लुटपाट र आगजनीबाट सुरक्षित राख्न नसकेको भन्दै २ साता अघि आयोगले सेनालाई पत्र काटेको छ। तत्कालिन समयमा फिल्डमा खटिएका सैनिकहरुको विवरण समेत आयोगले मागेको छ । तर, सेनाले सो विवरण अहिलेसम्म उपलब्ध गराएको छैन् ।
आयोगले जेनजी आन्दोलनका घाइतेलगायतसँग पनि भेट गरेर कुराकानी गर्ने भएको छ । सुशिला कार्की नेतृत्वको सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । जसलाई ३ महिनाको म्याद दिइएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया