०७ मंसिर २०८२
काठमाडौं– भदौ २३ र २४ गतेको घटनाका विषयमा छानविन गर्न बनेको जाँचबुझ आयोगले यहि साता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई कठघरामा उभ्याउने भएको छ ।
उनीहरुलाई बयानका लागि बोलाउन आयोगले पत्र काट्नुका साथै प्रश्न तयार गर्ने काम धमाधम थालेको छ। अहिलेसम्म आयोगले आधाभन्दा बढी काम सकिसकेको जानकारी गराउँदै अब हुने बयानका आधारमा ओली र लेखकलाई बोलाइने जनाएको छ ।
जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको र स्कूल ड्रेसमा रहेका विद्यार्थीहरुको टाउको र छातिमा ताकि ताकी गोली हानेको भन्दै जेनजीहरुले ओली र लेखकलाई पक्राउ गरेर बयान लिनु पर्ने माग गर्दै आएका छन्। उनीहरुविरुद्ध प्रहरीमा हत्या अभियोगको जाहेरी समेत दर्ता भएको छ । तर, प्रहरीले उक्त जाहेरीलाई तामेलीमा राखिदिएको छ।
सरकारले भने जाँचबुझ आयोगले दिएको रिपोर्टका आधारमा ओली र लेखकमाथिको कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। आयोगले सम्भवत यति साता उनीहरुसँग बयान लिने भएको छ। बयानका लागि पत्र काट्ने, नआए पक्राउ नै गरेर बयान लिनेसम्मको रणनीति आयोगले बनाएको छ।
आयोगले अहिलेसम्म मुख्यसचिव एकनारायण अर्यालदेखि प्रहरीका डीआईजीसम्मका अधिकारीको बयान लिइसकेको छ । एक दुई दिनमा तत्कालिन अइजीपी चन्द्रकुँबेर खापुङसँग पनि केहि दिनमा बयान लिने तयारी गरेको आयोग स्रोतले जनाएको छ। तत्कालीन उपत्यका प्रमुख (हालका आईजीपी) दानबहादुर कार्कीसँग पनि अयाोगले बयान लिदैछ ।
आयोगले नेपाली सेनाको भूमिका माथि पनि छानिवन गर्दैछ । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सार्वजनिक संस्था तोडफोड, लुटपाट र आगजनीबाट सुरक्षित राख्न नसकेको भन्दै २ साता अघि आयोगले सेनालाई पत्र काटेको छ। तत्कालिन समयमा फिल्डमा खटिएका सैनिकहरुको विवरण समेत आयोगले मागेको छ । तर, सेनाले सो विवरण अहिलेसम्म उपलब्ध गराएको छैन् ।
आयोगले जेनजी आन्दोलनका घाइतेलगायतसँग पनि भेट गरेर कुराकानी गर्ने भएको छ । सुशिला कार्की नेतृत्वको सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । जसलाई ३ महिनाको म्याद दिइएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया