०७ असोज २०८२
काठमाण्डौ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा सुक्खा पहिरो खसेका कारण यात्रु र गाडी चालक अलपत्र परेका छन् । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिन्छ । यो बाटोको सट्टामा विकल्प प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।
बेनीघाट रोराङको विकल्पमा साना तथा मझौला गाडीले धादिङको मलेखु ९फुर्के खोला०–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त वैकल्पिक बाटो प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ ।
साथै अरू ठाउँतर्फ जाने ठूला तथा साना सबै गाडीलाई सुरक्षा निकायसँग समन्वय र निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता
रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालेको खुलासा, मुख्यसचिव र एआइजी नै दिएका थिए सहमति
दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न तेइस जना नागरिक अगुवाहरूको आह्वान
कैदी र हतियार नफर्किएसम्म नेपालीलाई खाडीको रोजगारी कठिन
माइतीघरमा प्रदर्शन गर्न खोज्ने १४ जनाभन्दा धेरै पक्राउ
पूर्वउपकुलपति भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका ४ जना विदेशी पर्यटकको उद्धार
प्रतिक्रिया