०३ वैशाख २०८३
काठमाडौं - भ्रष्ट र घुसखोरको दिनगन्ती सुरु गरेका, बिचौलियाहरु लखेटेका र सुशासन प्रत्याभुति दिलाएका प्रधानमन्त्री बालेन शाहको क्रेज नेपालमा मात्रै होइन विश्वभर फैलिन थालेको छ ।
अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका बालेनको दक्षिण एसियाली मुलुक बंगलादेश र भारतका नागरिकले जयजयकार नै गर्न थालेका छन् । कतिपय भारतिय नागरिकहरु त हामीलाई बालेनजस्तो प्रधानमन्त्री चाहियो भन्दै उनको प्रशंसा गरिरहेका छन् । मिडियाहरुले उनकै गुनगान गाइरहेका छन् ।
भारतिय मिडियाले बालेनलाई नायक फिल्मको अनिल कपुरसँग दाजिरहेका छन् । भ्रष्टलाई थुनेको, भिआइपी कल्चर स्वाहा बनाइ दिएको भन्दै वा वाही गरिरहेका छन् । भारतमा जस्तै बालेनको चर्चा विश्वका कयौं देशमा हुन थालेको छ । ३५ वर्षकै उमेरमा प्रधानमन्त्री बनेर पुरै सिस्टम चेन्ज गर्न लागि परेको भन्दै उनको प्रशंसामा समय खर्चिरहेका छन् ।
अझै अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेसँगै बालेनको उचाइ थप बढेको छ । अमेरिकी राष्ट्रपतिदेखि डोनाल्ड ट्रम्पदेखि चिनियाँ राष्ट्रपति सि चिनफिङसम्म अटाएको लिष्टमा बालेनको नाम पनि समावेश छ । नेताहरूको सूचीमा विश्वभरका जम्मा २४ जनाको मात्रै छ । टाइम म्यागेजिनले बालेनको उदयलाई दक्षिण एसियाको पुरातन र वंशवादी राजनीतिको कडा जवाफ भनेको छ ।
टाइमले बालेनको प्रोफाइलमा लेखेको छ, ‘गत चैतमा बालेनको जित त्यस्तो समयमा भयो, जब जेन–जी पुस्ताले भ्रष्टाचार र पुरानो राजनीतिक शैली विरुद्ध देशभर प्रदर्शन गरिरहेको थियो । जसले आफ्नो इमान बेच्छन उनीहरूका लागि पैसा रूखमै फल्छ भन्दै र्याप गाउने यी इन्जिनियरले काठमाण्डुको मेयरका रूपमा देखाएको कार्यक्षमताले नै उनलाई आज ३ करोड नेपालीको नेतृत्व गर्ने स्थानमा पुर्याएको छ ।’
बालेनले कुनै समय सामाजिक सञ्जालमा लेखेका थिए । ‘नयाँ हुन् वा पुराना, सबै राजनीतिज्ञहरू चोर हुन् ।’ टाइम म्यागजिनले आफ्नो रिपोर्टको अन्त्यमा भनेको छ, ‘अहिले समस्त नेपालीहरू उनी आफैंले लेखेको त्यो भनाइलाई आफैंले गलत साबित गरुन् भन्ने आशमा छन् ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया