२२ पुस २०८२
काठमाडौं - काठमाडौँको गैरीगाउँमा एक काठ गोदाममा लागेको आगो करिब एक घण्टापछि पूर्ण नियन्त्रण आएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार आधा दर्जन बढी दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।
आगो निभाउन काठमाडौं महानगरपालिकाको चारवटा सहित ललितपुर महानगरपालिका र त्रिभुवन विमानस्थल लगायत क्षेत्रबाट दमकल आएका थिए ।
काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका प्रमुख नगर प्रहरीका एसपी विष्णु जोशीका अनुसार आगलागीबाट मुख्य गरी लोयला सेकेन्डरी स्कुलको एउटा भवन र काठको गोदाममा क्षति पुगेको छ । ‘आगो नियन्त्रण गर्ने र सामानहरू सार्ने क्रममा त्यसबाहेक वरिपरिका केही अन्य सामग्रीमा पनि सामान्य टुटफुट भएको छ,’ उनले भने ।
कसरी लागेको थियो आगो
महानगरको विपद् व्यवस्थापनको टोलीले लिएको प्रारम्भिक जानकारीका अनुसार जाडो छल्नका लागि दाउरा बालेर आगो ताप्ने क्रममा अचानक यताउता सल्किएर आगो लागेको हो । घटनाको जानकारी दिँदै विपद् व्यवस्थापनका एक सदस्यले भने, ‘दाउरा बालेर आगो ताप्ने क्रममा असावधानीवश आगो सल्किएर पहिला काठको गोदाममा पुगेको रहेछ । त्यसपछि विद्यालयको भवनमा सरेको देखिन्छ ।’ उनका अनुसार काठको गोदामबाट ह्वात्तै आगो स्कुलतिर गएको हो ।
‘हामीले यहाँका स्थानीयसँग बुझ्दा पनि काठको गोदाममा आगलागी हुने बित्तिकै ह्वात्तै फैलिएको देखिन्छ । फेरि स्कुलको भवन प्रिफ्यापले बनेको हुँदा टिपिहालेछ,’ नगर प्रहरी उपरीक्षक विष्णु जोशीले भने, ‘अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।’
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया