०४ फागुन २०८२
काठमाडौं- फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय धनकुटाले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार जिल्लाका सात वटै स्थानीय तहका घर–घरमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरी स्वयंसेवकहरु खटाइएको छ । मतदाता शिक्षामा मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउने तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउने काम सुरु भएको श्रेष्ठले बताए ।
निर्वाचन कार्यक्रम अनुसार फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम १७ गतेसम्म चल्ने छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी श्रेष्ठका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास छ । विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गर्न थालिएको पनि उनले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिन थालिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।
मतदाता शिक्षाको लागि धनकुटाका ७ वटै स्थानीय तहमा अनुगमनका लागि निर्वाचन सम्पर्क व्यक्ति एकरएक जना छन् । यस्तै जिल्लाका ६० वटै वडामा मतदाता शिक्षाका लागि एकरएक जना स्वयंसेवक खटिएका छन् । मतदाता शिक्षाका लागि स्वयंसेवकहरुमा बालविकास सजहकर्ता वा स्वास्थ्य स्यवंसेविका वा सामाजिक परिचालकलाई तोकिएको छ । मतदाता शिक्षाका लागि खटिने स्वयंसेवकहरुलाई १० हजार रुपैयाँ र स्थानीय तहका सम्पर्क व्यक्ति अर्थात अनुगमनकर्तालाई ५ हजार रुपैयाँ पारिश्रमिक आयोगले दिने छ ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा एक लाख १८ हजार ४ सय २५ मतदाता छन् । यस्तै धनकुटा जिल्लामा १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्र रहेका छन् । यस्तै जिल्ला कारागार धनकुटामा एक र निर्वाचनमा नखटिएका कर्मचारीको लागि एक गरी दुई वटा अस्थायी मतदानस्थल रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धनकुटा जिल्लामा २०७९ मा भएको प्रतिनिधि सभाको प्रत्यक्षको तुलनामा समानुपातिकमा बढी मत बदर भएको छ ।
२०७९ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतदाता १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ६९ हजार ४ सय १४ मत अर्थात ५९ दशमलब ३६ प्रतिशत मत खसेको थियो । जसमा ६६ हजार ७ सय २७ सदर मत रहेकोमा २ हजार ७ सय १७ मत अर्थात ३ दशमलब ९१ प्रतिशत मत बदर भएको थियो । यस्तै समानुपातिक तर्फ ७० हजार २ सय १९ मत अर्थात ५९ दशमलब ५१ प्रतिशत मत खसेको थियो । जसमा ६६ हजार ३ सय २० मत सदर रहेकोमा ३ हजार ८ सय ९९ मत अर्थात ५ दशमलब ५५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४ दशमलव ६९ र समानुपातिक तर्फ ५ दशमलव ६५ प्रतिशत मत बदर भएको थियो ।
यस्तै २०७४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा प्रत्यक्षमा ५ दशमलव ४८ प्रतिशत मत बदर भएको थियो ।
जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण तथा समानुपातिक तर्फ धेरै चुनाव चिह्न भएका कारण बढी मत बदर हुने गरेको अनुमान छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया