०२ असोज २०८२
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता भएको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उता भारतीय प्रधानमन्त्री मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्ण फोनवार्ता भएको बताएका छन्।
उनले भदौ २३- २४ भएको जेन- जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यसका साथै नेपालमा शान्ति र स्थिरता कायम गर्न प्रधानमन्त्री कार्कीले गरिरहेको प्रयासप्रति भारतको दृढ समर्थन रहने प्रतिबद्धता दोहोर्याएका छन्।
यसै अवसरमा उनले कार्कीलाई र भोलि पर्ने नेपालको राष्ट्रिय दिवसका अवसरमा नेपाली जनताप्रति हार्दिक शुभकामना पनि व्यक्त गरेको बताएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया