०६ चैत २०८२
काठमाडौं- निर्वाचन आयोगले चुनावको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै रास्वपाले सरकार निर्माणको खाका तयार पारेको छ । वरिष्ठ नेता बालेन शाहले चैत १३ गते रामनवमीको दिन प्रधानमन्त्रीको सपथ लिएर कार्यभार सम्हाल्ने निश्चित भएको छ । र, सोही दिन मन्त्रीहरुले पनि सपथ लिने भएका छन् । बालेन सरकारमा बढीमा १५ मन्त्रालय मात्रै रहने समझदारी समेत बनेको छ ।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइको सुविधाजनक बहुमत प्राप्त भएकाले सांसदको शपथ लिएपछि मात्र प्रधानमन्त्री पदको शपथ लिने टुंगो नेताहरूले लगाएका हुन् । सांसदको शपथ १२ चैतमा हुने तय भएपछि रास्वपाका शीर्ष नेताबीच प्रधानमन्त्रीको शपथ भोलिपल्ट लिने र सोही दिन मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीलाई पनि शपथ लिन लगाउने समझदारी बनेको छ ।
रास्वपाका शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्रीको शपथ र मन्त्रिपरिषद् गठनबारे औपचारिक छलफल भएको थियो । जसमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए । बैठकले प्रधानमन्त्रीको शपथसँगै सरकारका सुरुवाती चरणका प्राथमिकताबारे पनि योजना बनाएको छ ।
भ्रष्टाचार नियन्त्रणदेखि कर्मचारीतन्त्रको मनपरीसम्ममा निर्मम बनेर अघि बढ्ने, पुराना एक एक फाइलमाथिको अनुसन्धान अघि बढाउनेदेखि अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णय लिनेसम्मको तयारीमा बालेन सरकार छ । सोही अनुसार योजनाको तय गर्दै अघि बढ्ने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको स्रोतको दाबी छ ।
रास्वपा शीर्ष नेताहरूको बैठकमा सरकारका सुरुवाती चरणका प्राथमिकतामा के–के विषय रहने भन्नेबारे छलफल भएका छन् । वरिष्ठ नेता बालेन र सभापति रविसहितका नेताहरूसँग पछिल्लो समय सरकार गठनलगायतका विषयमा निरन्तर छलफलमा छन् । बालेननिकट स्रोतका अनुसार निर्वाचनको समीक्षासँगै मन्त्रीहरूको छनोट, सरकार गठन भएपछि गर्ने कामको प्राथमिकीकरणलगायत विषयमा निरन्तर छलफल चलिरहेको छ ।
सभापति लामिछानेसहित उपसभापतिद्वय र सांसदहरू भने मंगलबार र बुधबार अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा व्यस्त थिए । त्यो काम सकिएपछि पार्टीका चारै शीर्ष नेता बसेर सरकार गठन लगायतका विषयमा छलफल गरेका हुन् । बैठकमा सहभागी नेताहरूका अनुसार सरकार गठनसँगै ‘सुशासन’ का कदम चाल्ने समझदारी बनेको छ । शीर्ष नेताहरूबीचको बैठकमा मन्त्रिपरिषद्मा कति सदस्य सहभागी हुने भन्नेबारे पनि सामान्य छलफल भएको छ ।
बालेन सरकारमा बढीमा १५ मन्त्रालय हुने समझदारी बनेको छ । संविधानको धारा ७६ ९९० मा मन्त्रिपरिषद्को आकारबारे व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आकारबारे संविधानमा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना रहेको मन्त्रिपरिषद् गठन गर्नेछ ।’ मन्त्री कसलाई बनाउने र कति जना हुने भन्ने विषयमा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच थप छलफल हुने नेताहरूको भनाइ छ । अन्य मन्त्रालयमा सहमती जुटाउन गाह्रो नभए पनि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा रवि बालेनबीच सहमती जुट्न सकेको छैन । दुबैले आफ्नो विश्वास पात्रलाई गृहमन्त्री बनाउन चाहेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया