१० चैत २०८२
काठमाडौं- यसअघि स्वकिय सचिव राखेर ठाट देखाउँदै आएका सांसदहरुले यसपटक स्वकिय सचिवको सुविधा नपाउने भएका छन् । सुशिला कार्की नेतृत्वको सरकार खोसेकोको यो व्यस्वस्थालाई बालेन शाह नेतृत्वको सरकारले निरन्तरा दिने गृहकार्य गरेसँगै सबै सांसद स्वकिय सचिव बिहिन हुने भएका छन् । चैत १२ गते सपथ लिएर संसद छिर्न लागेका नवनिर्वाचित सांसदहरु पहिलाका सांसद्ले जसरी स्वकिय सचिव झुन्डाएर हिड्न नपाउने भएका छन् ।
सांसद्हरुको स्वकियमा मात्रै प्रतिनिधिसभातर्फ १ करोड २० लाख १४ हजार ४७५ रुपैयाँ स्वाहा हुँदै आएको थियो । जुन जोगिने भएको छ । प्रत्येक सांसदको स्वकिय सचिवले शाखा अधिकृत सो सरहको ४३ हजार ६ सय ८९ रुपैयाँ तलव पाउँथे । यसो हुँदा प्रतिनिधि सभामा मात्रै २७५ सांसद् छन् । तिनका प्रत्येक पिएले पाउने रकम जोड्दा १ करोड २० लाख १४ हजार ४७५ हुन्छ ।
यस्तै राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् । तिनको पनि स्वकिय खोसिएका छन् । तिनका लागि २५ लाख ७७ हजार ६५१ रकम खर्च हुन्थ्यो त्यो पनि जोगिएको छ । यस्तै सातै प्रदेशका सांसद्ले पनि स्वकियको सुविधा पाउँथे । जुन पदमा कयौं सांसदले आफ्ना आफन्त राखेर पैसा खाने गर्थे । त्यो पनि खारेज गर्ने सुशिला कार्की नेतृत्वको सरकारले गरेको निर्णयलाई बालेन सरकारले निरन्तरता दिने भएको छ । जसमा २ करोड ४० लाख २८ हजार ९५० रुपैयाँ खर्च हुन्थ्यो । जुन जोगिने भएको छ ।
सुशिला सरकारले गत असोज ५ गते संघीय संसद् र प्रदेश सभाका सांसदका पिए सुविधा खारेज गर्ने निर्णय लिएको थियो । अनुत्पादक खर्च कटौती र मितव्ययिताका लागि भन्दै सरकारले गरेको निर्णयले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा कटौती गरेको थियो ।
तर, रास्वपाको सरकराले स्वकिय कटौती गर्ने निर्णयविरुद्ध कांग्रेस एमाले जुर्मुराउन थालेका छन् । उनीहरुले संसद् सचिवालयसँगको संवादमा अनौपचारिक रूपमा स्वकीयको माग गरेको संसद् सचिवालयका अधिकारी बताउँछन् । चुनावी सरकारले गरेको निर्णयप्रति तत्कालीन सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितका पदाधिकारी पनि उक्त निर्णयप्रति असन्तुष्ट थिए । पटक–पटक उक्त निर्णय सच्याउन माग गरेका थिए ।
तथापि, संसद् सचिवालयले उक्त निर्णय कार्यान्वयन ग¥यो । राष्ट्रियसभाका सदस्यहरूका स्वकीय सचिवले पद गुमाए । सरकारको निर्णयसँगै राष्ट्रियसभा सदस्यलाई स्वकीय सेवा–सुविधा उपलब्ध नगराएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रतिनिधिसभाका सांसदले पनि अब स्वकीयको सेवा नपाउने भएका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्हरुले भने विभिन्न शिर्षकको भत्ता समेत गरेर महिनामा एकै दिन बैठक नचलेको अवस्थामा कम्तिमा ९० हजार रुपैयाँ प्राप्त गर्छन् । बैठक चल्दा प्रति बैठक १ हजार भत्ता र सवारी भाडा १ हजार गरेर २ हजार अत्तिरित्त भत्ता पाउँछन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया