२० कात्तिक २०८३
काठमाडौं- रास्वपा प्रति जनताको आकर्षण रहिरहदा, भाग खान खोज्नेहरुको लावालस्कर लागि रहदा रास्वपा सभापति रवि लामिछाने भने छुट्टै तनावमा फसेका छन्। सबै ठलै भाग खोज्ने साना पदमा जान नमान्ने कार्यकर्ताहरुको पारा देखर रविले शुक्रबार दिक्दारी र आक्रोश एकैपटक प्रकट गरे । चितवन पुगेका सभापति रविले एक कार्यक्रममा बोल्दै पार्टीका नेताकार्यकर्ताहरू वडाध्यक्ष बन्न इच्छुक नदेखिएको र अधिकांशको आकाङ्क्षा एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुगेको भन्दै कटाक्ष गरेका छन्।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका र असोज २८ गतेदेखि नगरपालिकामा उम्मेदवार बन्न इच्छुकहरूका लागि खुला आवेदन आह्वान गरेको थियो। पार्टीले ‘क्यान्डिडेट क्लब’ मार्फत पारदर्शी र विधिसम्मत तरिकाले उम्मेदवार छनोट गर्ने दाबी गरेको थियो। तर, जब आवेदनहरू सङ्कलन भए, तब पार्टी नेतृत्व नै स्तब्ध बन्यो। प्राप्त आवेदनहरू लगभग सबै नगरपालिका प्रमुख मेयर र गाउँपालिका अध्यक्षका लागि मात्र थिए। स्थानीय सरकारको जग मानिने वडाध्यक्ष र वडा सदस्यका लागि सोचे मुताविक आवेदन नै परेनन्। सबैलाई एकाएक ठूला पद मात्रै चाहिने कार्यकर्ताहरूको यो प्रवृत्ति देखेपछि सभापति रविले शुक्रबार सार्वजनिक मञ्चमै आफ्नो दिक्दारी र आक्रोश पोखेका छन् ।
कार्यकर्ताको पदप्रतिको अचाक्ली मोह र अवसरवादी चरित्रमाथि प्रहार गर्दै रविले कडा व्यङ्ग्य गरे । उनले भने– “हाम्रा साथीहरूले अहिले वडाध्यक्ष हेर्दैनन्। एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू। यहाँ वडाध्यक्ष हुन कसैलाई मन छैन। अब मै आउँला राजीनामा दिएर चुनाव लड्न। तपाईंहरू त अब धेरै ठूलो हुन थाल्नुभयो।“
रास्वपाभित्र निष्ठा र समर्पणभन्दा पनि तयारी अवस्थामा आएर पद कुम्ल्याउने ’अवसरको राजनीति’ हाबी भएको स्वीकार गर्दै रविले पुराना दलहरूको विगतबाट शिक्षा लिन सुझाव दिएका छन् । पञ्चायतका ३० वर्षसम्म नेपाली कांग्रेस र कम्युनिस्टका नेता–कार्यकर्ताहरूले कुनै पद वा अवसर पाइन्छ भनेर राजनीति नगरेको उदाहरण दिँदै उनले रास्वपाका कार्यकर्तालाई पदभन्दा माथि उठ्न आग्रह गरे । तर, चुनाव नजिकिँदै गर्दा ’पहिले आउनेले ठूलो पद पाउने’ होडबाजीले रास्वपाभित्र संगठन निर्माणभन्दा पनि आकांक्षीहरूको व्यवस्थापन मुख्य चुनौती बनेको देखिन्छ।
नयाँ विचार र परिवर्तनको नारा दिएर राजनीतिमा उदाएको रास्वपाभित्र पनि पुराना दलहरूकै जस्तो पदको अचाक्ली भोक र अवसरवाद झाँगिन थालेको स्वयं सभापति रविको अभिव्यक्तिले पुष्टि गरेको छ। सबैलाई मेयर र सांसद मात्रै हुनुपर्ने, तर जनताको घरदैलो पुग्ने वडाध्यक्ष र सदस्य बन्न कसैले नमान्ने यो प्रवृत्तिले रास्वपाको तल्लो तहको संगठन कत्तिको बलियो छ भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ। यदि अवसरको यो राजनीति र पदको लडाइँलाई बेलैमा नियन्त्रण गरिएन भने, जनअपेक्षाको घण्टी बजाउन निस्किएको पार्टीभित्रै आन्तरिक असन्तोषको घण्टी बज्ने निश्चित छ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया