१७ पुस २०८२
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले ‘माध्यमिक शिक्षा परीक्षा ९एसईई०–२०८२’ का लागि परीक्षा केन्द्र निर्धारण गर्न निर्देशन दिएको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै पुस मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गरेर माघको पहिलो साताभित्र विवरण पठाउन भनेको हो ।
परीक्षा केन्द्र निर्धारण गर्दा ‘माध्यमिक शिक्षा उत्तीर्ण तथा व्यवस्थापन निर्देशिका ९संशोधनसहित० २०६८’ मा भएका व्यवस्थाहरु कडाइका साथ पालना गर्न निर्देश गरिएको छ । दुर्गम–हिमाली क्षेत्रमा कम्तीमा १५०, पहाडी क्षेत्रमा कम्तीमा २५० र तराई वा उपत्यकामा तीन सयभन्दा कम र चार सयभन्दा बढी विद्यार्थी नहुनेगरी परीक्षा केन्द्र कायम गर्न भनिएको छ ।
एउटा जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र अनिवार्य कायम गरिनुपर्ने कार्यालयले जनाएको छ । विद्यार्थीको संख्यामा आधारमा रकम उपलब्ध हुने उल्लेख गर्दै कार्यालयले कम विद्यार्थी रहनेगरी केन्द्र कायम भएमा त्यसको सम्पूर्ण जिम्मेवारी इकाईले लिनुपर्ने प्रष्ट पारेको छ । होम सेन्टर र पारस्परिक केन्द्र नहुनेगरी परीक्षा केन्द्र निर्धारण गर्न सचेत गराइएको छ ।
हरेक केन्द्रमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी हुनुपर्ने र एउटै विद्यालयलाई पटकपटक एउटै केन्द्र नपर्ने गरी केन्द्र तोक्न भनिएको छ । प्राविधिक विद्यालयको हकमा अलग्गै परीक्षा केन्द्र कायम गर्नुपर्नेछ । सरकारले यस वर्ष एसईईका लागि आवेदन फाराम खुलाईसकेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया