१७ पुस २०८२
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले ‘माध्यमिक शिक्षा परीक्षा ९एसईई०–२०८२’ का लागि परीक्षा केन्द्र निर्धारण गर्न निर्देशन दिएको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै पुस मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गरेर माघको पहिलो साताभित्र विवरण पठाउन भनेको हो ।
परीक्षा केन्द्र निर्धारण गर्दा ‘माध्यमिक शिक्षा उत्तीर्ण तथा व्यवस्थापन निर्देशिका ९संशोधनसहित० २०६८’ मा भएका व्यवस्थाहरु कडाइका साथ पालना गर्न निर्देश गरिएको छ । दुर्गम–हिमाली क्षेत्रमा कम्तीमा १५०, पहाडी क्षेत्रमा कम्तीमा २५० र तराई वा उपत्यकामा तीन सयभन्दा कम र चार सयभन्दा बढी विद्यार्थी नहुनेगरी परीक्षा केन्द्र कायम गर्न भनिएको छ ।
एउटा जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र अनिवार्य कायम गरिनुपर्ने कार्यालयले जनाएको छ । विद्यार्थीको संख्यामा आधारमा रकम उपलब्ध हुने उल्लेख गर्दै कार्यालयले कम विद्यार्थी रहनेगरी केन्द्र कायम भएमा त्यसको सम्पूर्ण जिम्मेवारी इकाईले लिनुपर्ने प्रष्ट पारेको छ । होम सेन्टर र पारस्परिक केन्द्र नहुनेगरी परीक्षा केन्द्र निर्धारण गर्न सचेत गराइएको छ ।
हरेक केन्द्रमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी हुनुपर्ने र एउटै विद्यालयलाई पटकपटक एउटै केन्द्र नपर्ने गरी केन्द्र तोक्न भनिएको छ । प्राविधिक विद्यालयको हकमा अलग्गै परीक्षा केन्द्र कायम गर्नुपर्नेछ । सरकारले यस वर्ष एसईईका लागि आवेदन फाराम खुलाईसकेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया