२८ पुस २०८२
काठमाडौँ - नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ । बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्रीद्ववय गगन थापाले र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरेका छन् । विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ । कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् ।
सुरक्षा सचेतना अपनाएर खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । उनले भने, ‘पूर्व सावधानी अपनाएर उहाँको निवास क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।’ खड्का पूर्व उपप्रधानमन्त्री समेत हुन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया