१० मंसिर २०८२
काठमाडौं( रूस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको अमेरिकी शान्ति योजनामा युक्रेनले सहमति जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग ‘समझदारी’ बनेको पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ ।
गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदाको शान्ति प्रस्ताव अघि सार्नुभएको थियो । यो प्रस्तावमा छलफल गरी अद्यावधिक समेत गरिएको छ । ट्रम्पले ट्रुथ सोसलमार्फत् जानकारी दिँदै प्रारम्भिक अमेरिकी प्रस्तावमा दुवै पक्षका सुझावहरू समेटिएको र केही मात्र विवादित मुद्दाहरू बाँकी रहेका बताए ।
ट्रम्पका अनुसार, शान्ति योजना अन्तिम चरणमा पुगेपछि मात्रै उहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की दुवैसँग प्रत्यक्ष भेटवार्तामा जुट्नुहुनेछ । ट्रम्पले विशेष दूत स्टीभ विट्कफलाई मस्को पठाई पुटिनसँग छलफल गर्न भने ।
तर, रूसले नयाँ मस्यौदाबारे आफूसँग छलफल नभएको भन्दै केही शंका व्यक्त गरेको खबरमा उल्लेख छ । रूसी विदेश मन्त्री सर्गेई लावरोभले प्रारम्भिक अमेरिकी फ्रेमवर्कमा रूस सकारात्मक रहे पनि यसमा केही तलमाथिको अवस्था राम्रो नहुने बताएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया