१६ पुस २०८२
काठमाडौं- ईपीएस पीडितहरु पुनःआन्दोलनमा उत्रिएका छन् । भाषा परीक्षा पास गरेर बसेका पीडितहरुले रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्नेलगायत ९ बुँदे माग राखेर ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखाबाहिर आन्दोलन थालेका हुन् ।
उनीहरुले सबैभन्दा बढी पीडित भएका कृषि शाखाका कामदारहरुलाई प्राथमिकतामा राख्नुपर्ने, अन्यायपूर्ण हटाइएका सबै कामदारलाई पुनः समावेश गर्नुपर्ने, ईपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरुको फाइल अनिवार्य रुपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाउनुपर्ने, एउटै व्यक्तिलाई पटकपटक अवसर दिने प्रणालीको अन्त्य गर्नुपर्ने, लामो समय कुर्न बाध्य ईपीएस पीडितहरुलाई विशेष राहत र छुट दिनुपर्नेलगायतका माग राखेका छन् ।
त्यसैगरी, पीडितहरुसँग सम्बन्धित निकायले प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाउनुपर्ने, कुनैपनि सेक्टरमा भेदभावपूर्ण निर्णय नगर्न स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने, ईपीएस प्रक्रिया ढिलाई हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक र मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने, रोष्टरमा भएका ९५ प्रतिशतलाई कोरिया पठाउने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । पीडितहरुले केही समयअघि पनि शाखाबाहिर प्रदर्शन गरेका थिए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया