१६ पुस २०८२
काठमाडौं- ईपीएस पीडितहरु पुनःआन्दोलनमा उत्रिएका छन् । भाषा परीक्षा पास गरेर बसेका पीडितहरुले रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्नेलगायत ९ बुँदे माग राखेर ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखाबाहिर आन्दोलन थालेका हुन् ।
उनीहरुले सबैभन्दा बढी पीडित भएका कृषि शाखाका कामदारहरुलाई प्राथमिकतामा राख्नुपर्ने, अन्यायपूर्ण हटाइएका सबै कामदारलाई पुनः समावेश गर्नुपर्ने, ईपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरुको फाइल अनिवार्य रुपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाउनुपर्ने, एउटै व्यक्तिलाई पटकपटक अवसर दिने प्रणालीको अन्त्य गर्नुपर्ने, लामो समय कुर्न बाध्य ईपीएस पीडितहरुलाई विशेष राहत र छुट दिनुपर्नेलगायतका माग राखेका छन् ।
त्यसैगरी, पीडितहरुसँग सम्बन्धित निकायले प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाउनुपर्ने, कुनैपनि सेक्टरमा भेदभावपूर्ण निर्णय नगर्न स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने, ईपीएस प्रक्रिया ढिलाई हुँदा पीडित परिवारले भोग्नुपरेको आर्थिक र मानसिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने, रोष्टरमा भएका ९५ प्रतिशतलाई कोरिया पठाउने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । पीडितहरुले केही समयअघि पनि शाखाबाहिर प्रदर्शन गरेका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया