०१ असार २०८३
काठमाडौं- सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटमा भागबण्डा नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सोमबार साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
तर, मुख्यमन्त्री कमलहादुर शाह र मन्त्रीहरूबीच भागबण्डाअनुसार बजेट बाँडफाँट नहुँदा प्रदेश सभाको बैठक अनिश्चित भएको छ भने कर्मचारीहरु अझै बजेट लेखनमै छन् । आइतबार राति १२ बजेभित्र नै सबै योजना वार्षिक कार्यक्रम समावेश गरेर बजेट प्रणाली बन्द गर्नुपर्ने भए पनि सुदूरपश्चिममा भने अझै लेखन कार्य जारी छ ।
बजेट पूर्ण नभएपछि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन् । सोही कारण मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्म मन्त्रिपरिषद् बैठक नबोलाएको स्रोत बताउँछ । स्रोतकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा तोकिएको सिलिङअनुसारको बजेट नपरेपछि मन्त्री सुरेन्द्र बहादुर पालले असहमति जनाएका छन् ।
उनको असहमतिपछि सिलिङअनुसारकै बजेट र योजना समावेश गर्नेगरी काम भइरहेको स्रोतको दाबी छ । एमाले मात्र नभएर कांग्रेसका मन्त्रीहरुले समेत बजेटमा आफूले सिफारिस गरेका योजना नपरेको गुनासो गरेका छन् ।
सत्तारुढ दलकै सांसदहरूले समेत दबाब दिन थालेपछि मुख्यमन्त्री शाह र आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी माग सम्बोधन हुने गरी अन्तिम तयारीमा लागेका छन् । सांसदहरुले पूर्व सहमतिअनुसार आफ्नो योजना बजेटमा राख्नुपर्ने अडान लिएका छन् ।
अन्य प्रदेशमा अगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत भइरहेका बेला सुदूरपश्चिममा भने सत्तारुढ दलबीचकै किचलोले अनिश्चित बनेको छ । असन्तुष्टहरूको माग सम्बोधन गरेर राति अबेरसम्म भए पनि बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको छ ।
आर्थिक मामिला मन्त्रालयले बजेट तयार गरिसकेपछि मन्त्रिपरिषद् बैठक बसेर स्वीकृत गर्नुपर्ने प्रावधान छ । त्यसपछि मात्र बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत हुनेछ ।
त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
ई–पासपोर्ट घोटालामा आरजु र जयवीर पनि संलग्न सेटिङमै अर्ब घोटाला, को को तानिदैछन् अनुसन्धानमा ?
रास्वपाको प्रदेश सभापतिमा तीन सांसद पराजित
भूपेन्द्र भण्डारी : प्राधिकरणको पुर्व अध्यक्ष, स्मार्ट सेल लगाएत काण्डै काण्ड छानबिनबाट बाहिर किन ?
सर्वोच्चको आदेश- नागरिकको दैनिक जीवनमा असर पर्ने संरचना हटाउनू
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
आशिका तामाङले रास्वपा छाड्न लागेकी हुन् ?
अन्य प्रदेशले ल्याए बजेट, सुदूरपश्चिमका कर्मचारी बल्ल लेख्दैछन्
ओलीकै अहंकारले एमाले फुट्ने निश्चत, अध्यक्ष पद जोगाउन गिड्गिडाउँदै ओली
प्रतिक्रिया