०३ मंसिर २०८३
काठमाडौं -कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो।
१०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्। उद्घाटन र समापन समारोह दुवै सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल ९एपीएफ० र एनआरएनएको गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।
प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन्। जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्।
प्रतियोगिताका लागि कुल १ हजार ३० जना निर्णायक रहनेछन्। तीमध्ये २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक हुने राखेपले जनाएको छ। खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता रहनेछ।
प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना हुनेछ।
राखेपले यसपटक व्यक्तिगत र टिम स्पर्धाका पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई २० हजार, रजत जित्नेलाई १५ हजार र कांस्य जित्नेलाई ८ हजार रुपैयाँ प्रदान गरिनेछ। टिम स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजतले १० हजार र कांस्यले ८ हजार रुपैयाँ पाउनेछन्। रजत र कांस्य पदक विजेतालाई पनि नगद पुरस्कार दिने व्यवस्था पहिलोपटक गरिएको राखेपले जनाएको छ।
पटकपटक सर्दै आएको १०औं राष्ट्रिय खेलकुदको मिति पछिल्लोपटक २०८३ साउन २८ गते राखेपको १२५औं बोर्ड बैठकले निर्धारण गरेको थियो।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया