१९ फागुन २०८२
काठमाडौं- इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ ।
अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको हो ।
मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी ९एचआरएएनए० ले सोमबार इरानमा संयुक्त अमेरिका–इजरायल आक्रमणपछि पछिल्लो २४ घण्टामा कम्तीमा ८५ जना सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको जनाएको छ ।
अमेरिकाको वाशिङ्टन डीसीस्थित उक्त समूहले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि हालसम्म सर्वसाधारणको मृत्यु संख्या कम्तीमा ७४२ पुगेको जनाएको छ ।
यसमा १७६ जना बालबालिका पनि समावेश रहेको बताइएको छ । यसअघि इरानी रेड क्रिसेन्ट सोसाइटीले मृत्यु संख्या ५५५ जना रहेको जनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकिएको समाचारमा उल्लेख गरेको छ ।
एचआरएएनएका अनुसार सोमबारका अमेरिका–इजरायल आक्रमणहरूमा विभिन्न स्थान र पूर्वाधारहरू लक्षित गरिएका थिए । जसमा केही सैन्य अड्डा, दुई आवासीय क्षेत्र र बन्दर अब्बासस्थित शाहिद बहोनार पियर पनि समावेश छन् ।
सार्थक बन्यो बालेनको गर्जन र शिशिर दौडधुप, जलवायू क्षति–नोक्सानीबाट नेपालले तत्कालै ३ अर्ब पाउने
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने
सरकारकै साहयतामा अब प्रत्येक नेपालीको आफ्नै घर बन्ने, ७५ हजार अनुदान, ५ लाख भुत्तानीमा घर निर्माण, के छ नयाँ भवन ऐनमा ?
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय अध्ययन समिति गठन
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
गगन सभापति बन्दा को को बन्दैछ महामन्त्री ?कांग्रेसमा ४४ हजार युवा आउँदैछन् नेतृत्वमा
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग
प्रतिक्रिया