०९ माघ २०८२
काठमाडौं - नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।
आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघेको छ ।
खासगरी यतिबेला अमेरिकाको हर्कतका कारण सुनको भाउ बढेको व्यवसायी बताउँछन् । ‘अन्तर्राष्ट्रिय द्वन्द्व थप चर्किने संकेतका कारण विभिन्न मुलुकका केन्द्रीय बैंकले सुनमा लगानी बढाएका छन्’ बज्राचार्यले भने ‘यसले मागसँगै मूल्य बढिरहेको हो ।’
त्यस्तै चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । यस दिन महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक : गगन थापा
संसद्मा सभामुखको गुनासो- विपक्षीको साथ पाइनँ
यसपालिको बजेट वक्तव्य नेपाली कागजको फाइलमा
बजेट दिउँसो ४ बजे नै किन सार्वजनिक गरिन्छ ?
बालेन नै प्रत्यक्ष निर्वाचित कार्यकारीबाट ब्याक, झस्कियो रास्वपा, देख्यो क्षतीको खतरा
४० हजार बढी बालबालिका पूर्ण खोपबाट वञ्चित
कांग्रेस–एमालेका कार्यकर्ता पाल्ने कार्यालय नै बालेनले गरे खारेज,मेडिकल कलेज,बोर्ड प्रतिष्ठानसहित यी २५ वटा कार्यालयमा लाग्यो सटर
प्रतिक्रिया