०४ फागुन २०८२
काठमाण्डौ – चालू आर्थिक वर्ष २०८२- ८३ को ७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार गएको साउनदेखि माघसम्म ५२४ वटा परियोजनामा यो लगानी प्रतिबद्धता आएको हो ।
क्षेत्रगत रूपमा हेर्दा कृषिका १४ वटा परियोजनामा सबैभन्दा धेरै २१ अर्ब ९० करोड, पर्यटनका १५० वटा परियोजनामा १० अर्ब ८६ करोड र उत्पादनमूलक ३५ वटा परियोजनामा २ अर्ब ४० करोड लगानी प्रतिबद्धता आएको छ । त्यस्तै सूचना प्रविधिमूलक २८८ वटा परियोजनामा १ अर्ब २५ करोड लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।
माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो ।
गएको आर्थिक वर्षको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया