०४ फागुन २०८२
काठमाण्डौ – चालू आर्थिक वर्ष २०८२- ८३ को ७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार गएको साउनदेखि माघसम्म ५२४ वटा परियोजनामा यो लगानी प्रतिबद्धता आएको हो ।
क्षेत्रगत रूपमा हेर्दा कृषिका १४ वटा परियोजनामा सबैभन्दा धेरै २१ अर्ब ९० करोड, पर्यटनका १५० वटा परियोजनामा १० अर्ब ८६ करोड र उत्पादनमूलक ३५ वटा परियोजनामा २ अर्ब ४० करोड लगानी प्रतिबद्धता आएको छ । त्यस्तै सूचना प्रविधिमूलक २८८ वटा परियोजनामा १ अर्ब २५ करोड लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।
माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो ।
गएको आर्थिक वर्षको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया