२० असोज २०८३
काठमाडौं- २०३६ सालमा बीपी कोइरालाले पञ्चायतविरुद्ध गर्जेको थलो१ २०४६ को जनआन्दोलनपछि गणेशमान सिंहले विजयसभा आयोजना गरेको ठाउँ१ र, २०६२÷६३ को दोस्रो जनआन्दोलनसहित गणतन्त्रको उद्घोष भएको ऐतिहासिक भूमि हो– खुलामञ्च?
२०७२ सालको विनाशकारी भूकम्प, अतिक्रमण, बसपार्कको अस्तव्यस्तता र निर्माण सामग्रीको बोझले झन्डै एक दशकसम्म राजनीतिक गतिविधिबाट विमुख बनेको यही खुलामञ्च फेरि राष्ट्रिय राजनीतिको केन्द्र बनेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनको भव्य उद्घाटन असोज १८ गते यही खुलामञ्चमा गरेसँगै यो ऐतिहासिक चौर पुरानै राजनीतिक लयमा फर्किएको छ। २०७३ सालमा विप्लव नेतृत्वको नेकपाले महाधिवेशन गरेयता राजनीतिक सभा–सम्मेलनका लागि बन्द प्रायः बनेको यो थलोमा झन्डै ७ हजार प्रतिनिधिको उपस्थितिमा कांग्रेसले आफ्नो राजनीतिक उपस्थिति पुनः दर्ज गराएको छ।
तर, खुलामञ्चमा कांग्रेस महाधिवेशनको चहलपहल सुरु भएसँगै राजनीतिक वृत्तमा अर्को रोमाञ्चक र तिखो बहस सुरु भएको छ— जसको केन्द्रमा छन्, देशका प्रधानमन्त्री बालेन शाह१ कांग्रेसको महाधिवेशन उद्घाटनलगत्तै प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा कटाक्ष गर्दै लेखे— ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ?
बालेनको यो एउटै भनाइले एकातिर नयाँ र पुराना शक्तिहरूबीचको वैचारिक युद्धलाई फेरि सतहमा ल्याइदिएको छ भने अर्कोतिर खुलामञ्चको संरक्षण र प्रयोगबारे सार्वजनिक बहस छेडेको छ। इतिहास हेर्ने हो भने, सन् १८१३ सम्म रानीपोखरीदेखि रंगशालासम्म फैलिएको एउटै विशाल टुँडिखेल राणाकाल र पञ्चायतकालमा खुम्चिँदै रत्नपार्क र सैनिक मञ्चको बीचमा रहेको करिब ५० रोपनी क्षेत्रफलको ‘खुलामञ्च’मा सीमित हुन पुग्यो।
२०७२ को भूकम्पमा हजारौँ नागरिकको ज्यान बचाउने सुरक्षित आश्रयस्थल बनेको यो चौरलाई पछि दरबार हाइस्कुल र वीर अस्पतालको भण्डारणस्थल बनाइयो। २०७३ मा अस्थायी बसपार्क बनाइयो, तत्कालिन एमालेका मेयर विद्यासुन्दर शाक्य टुडिखेल तहसनहस हुँदै गर्दा केवल रमिते मात्रै बने । कतिसम्म भने काठमाडौं भ्यू टावरको ठेक्का पाएका मनोज भेटवालले खुल्लामञ्चमै सटर बनाएर भाडामा लगाउदा समेत तत्कालिन मेयर शाक्य आँखा चिम्लिएर बसेका थिए । मिडिया र अभियानकर्मीको खबरदारीपछि ती सटरहरु भत्काइयो । तर, खुल्लामञ्च व्यवसायीको क्रिडास्थल हुनबाट जोगाउन सकेनन् ।
यहि खुल्लामञ्चलाई बसपार्क बनाउदा समेत उनी केहि बोलेनन्। एक ढंगले खुल्ला मञ्चको अस्तिव करिव नामेट हुने अवस्था बनिसकेको थियो । तर, २०७९ मा काठमाडौंको मेयर बनेर बालेन शाह आएसँगै बसपार्क हटाइयो, कंक्रिट भत्काइयो र खुल्लामञ्चलाई पुरानै अवस्थामा फर्काउने कसरत सुरु भयो । र तत्कालीन मेयर बालेनले भने— ‘हामी छउन्जेल खुलामञ्च सधैँ सबैका लागि खुल्ला हुन्छ।’
उनकै पालामा ९० लाखको बजेटमा १४ हजार ६ सय वर्गमिटरमा मलिलो माटो र नेपाली दुबो बिछ्याएर आकर्षक मैदान बनाउने काम भएको थियो ।
न्युरोड र अन्य क्षेत्रबाट निकालिएका हेक्जागोनल ब्लकबाट ४ मिटर चौडा पैदल मार्ग र २१ वटा ’डे–नाइट सेन्सर’ प्रविधियुक्त बत्ती जडान गरिएको थियो । भूमिगत पानी पुनर्भरणका लागि ६ ठाउँमा गहिरा रिचार्ज पिटहरू जडान गरियो ।
सार्वजनिक प्रयोग निःशुल्क भए पनि औपचारिक कार्यक्रमका लागि काठमाडौँ महानगरले दैनिक १० हजार रुपैयाँ शुल्क र क्षतिपूर्तिको कडा सर्त तोकियो ।
यसरी सखाप बनाउन खोजेको खुल्लामञ्चलाई तत्कालिन मेयरको हैसियतमा बालेनले नयाँ जीवन दिएका थिए । सायद उनले आफूले गरेका तिनै संघर्ष र योगदान सम्झिएर हुनसक्छ, आइतबारबाट कांग्रेसले खुल्लामञ्चमा महाधिवेशन गर्दैगर्दा भने– ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ?’
प्रधानमन्त्री बालेनको यो स्टाटसले अहिले पुरै राजनीति तरगिंत बनेको छ । सायद बालेन नबोलेको भएपनि उनको योगदान इतिहासले सम्झिने थियो नै । उनले बोलेर आफूलाई हल्का बनाएको कतिपयको टिप्पणी छ भने कतिपयले प्रधानमन्त्रीको यस्तो अभिब्यक्तिले दलहरुबीचबीचको तिक्तता बडाउने टिप्पणी गरिरहेका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया