२८ साउन २०८२
काठमाडौं- राजावादी दल राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल शम्शेर राणाबीचको विवाद कुटाकुटमा परिणत भएको छ । बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा लिङदेनकै सामुन्ने दुई पक्षबीच हात हालाहाल भएको हो ।
अध्यक्ष लिङ्देनले केही मनोनीत पदाधिकारीहरूलाई पदमुक्त गरेको र जिल्ला अधिवेशन गराउन एकलौटी रूपमा प्रतिनिधि तोकेको भन्दै धवलशम्शेर पक्ष असन्तुष्ट छ । यहि विषयमा मतभेद बढ्दा त्यसको असर पार्टीका भ्रातृ संस्थाका अधिवेशनमा पनि देखिएको छ । यही टकराबका कारण बुधबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन नै भाँडियो।
जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधि नै सुनिश्चित नभई अधिवेशन उद्घाटन गर्न खोजिएको थियो। आफ्ना पक्षका मानिसहरूलाई प्रतिनिधि हुन रोकेर एकलौटी ढंगले अधिवेशन गर्न खोजेको भन्दै उपाध्यक्ष विक्रम र महामन्त्री धवल पक्षका युवाहरू आक्रोशित थिए।
अधिवेशन उद्घाटन गर्न प्रमुख अतिथिका रूपमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाइएको थियो। तर, कार्यक्रम सुरु नहुँदै धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यही बेला अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थल आइपुगे । त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडप भएको हो ।
अधिवेशनमा झडप निम्तिएपछि अध्यक्ष लिङदेनले असन्तुष्ट पक्षका युवाहरूलाई बाहुबली प्रदर्शन नगर्न कडा चेतावनी दिए । उनले भने, ‘कृपया सबै अनुशासित भएर बस्नुस् । के विषयमा चित्त बुझेको छैन, त्यो विषयमा छलफल अवश्य हुन्छ । पार्टीमा अधिवेशन प्रारम्भ हुँदा नै डिस्टर्व गर्ने काम ठिक होइन । यदि अधिवेशन हुन नदिने र बाहुबली प्रदर्शन गर्ने प्रयास कसैले गर्छ भने टुलुटुलु हेरेर बसिँदैन ।’
लिङदेनले पार्टीको भविष्यसँग युवाहरूको भविष्य जोडिएको भन्दै गम्भीर बन्न निर्देशित गरिरहदा धवल शम्शेर पक्षले लिङदेनविरुद्ध नै नाराबाजी गरेका थिए । लिङदेन मुर्दावाद भन्दै नारा लगाउन थालेपछि र पुनः झडपको स्थिति बनेपछि राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित गरिएको छ । हात हालाहाल भएपछि अध्यक्ष लिङदेनले अधिवेशन स्थगन गरिएको घोषणा गरे । कार्यक्रम स्थलमा सुरुबाटै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ भएका थिए ।
काठमाडौंबाटै राप्रपामा फुटको बीजारोपण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फुटको बीजारोपण भएको छ । महामन्त्री डा. धवलशम्शेर राणा पक्षधर युवाहरूले काठमाडौंमा समानान्तर समिति गठन गरेका छन् ।
राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशन आज चाबहिलमा आयोजना गरिएको थियो । तर, अधिवेशन उद्घाटन समेत नभई कोलाहल सिर्जना भयो । अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशम्शेर समूहबीच हात हालाहाल नै भएपछि अधिवेशन स्थगित गरिएको थियो ।
अधिवेशन स्थगित गरेर अध्यक्ष लिङदेन हिँडेपछि असन्तुष्ट पक्षका युवा ज्योति लामाले आफूलाई स्वतः अध्यक्ष निर्वाचित भएको घोषणा गरे । उनले बोल्दा बोल्दै पार्टी प्यालेसभित्र लाइन काटेर बत्ती निभेको थियो । उनले अँध्यारोमै २५ जना सदस्यहरूको पनि नाम घोषणा गरे । असन्तुष्ट पक्ष आज समानान्तर समिति बनाउने तयारीका साथ नै आएको बुझिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया