२३ असोज २०८३
काठमाडौं- चोलेन्द्र शम्शेर राणासँग साँठगाँठ गरेका, प्रधानमन्त्रीको गोप्य सूचना बेचेको आरोप लागेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउने भएको छ । जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई जाँचबुझ प्रतिवेदन बुझाउँदै सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार बर्खास्तसम्मको कारबाहीको सिफारिस गरेको पाइएको छ ।
आफ्नै नातागोता जोगाउन राज्यलाई धोका दिने, वर्दीपछाडि बसेर प्रधानमन्त्रीको गुप्त सूचना बिचौलियालाई बेच्ने सशस्त्र प्रहरीका उच्च अधिकारीमाथि सरकारले इतिहासकै कडा एक्सन लिने भएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराका बिचौलिया इनम सापकोटासँग साँठगाँठ गरी राज्यका अति संवेदनशील सूचना चुहावट गरेको अभियोगमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी वंशीराज दाहाललाई सेवाबाटै बर्खास्त गरेर कडा कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
गत सोमबार निलम्बनमा परेका दाहालमाथि छानबिन गर्न सशस्त्र प्रहरीकै एआईजी अञ्जनीकुमार पोखरेलको एक सदस्यीय जाँचबुझ समिति गठन गरिएको थियो। समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार बर्खास्तीसम्मको कडा विभागीय कारबाहीको सिफारिस गरेको छ।
प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटा र एआईजी वंशीराज दाहालबीच भएका गोप्य कल डिटेल र भ्वाइस संवादलाई प्रतिवेदनमा प्रमाणका रूपमा समावेश गरिएको छ। बयानका क्रममा स्वयं एआईजी दाहालले बिचौलिया सापकोटासँगको अस्वाभाविक संवाद स्वीकार गरिसकेका छन्।
कसरी भयो राज्य विरुद्धको यो धोकाधडी ?
गत असोज ११ गते प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। जबरा आफ्नै नातेदार भएकाले उनलाई जोगाउन एआईजी वंशीराज दाहालले बिचौलिया सापकोटामार्फत प्रधानमन्त्री कार्यालय र राज्यका सुरक्षा निकायका अति गोप्य सूचनाहरू जबरासम्म पु¥याउने काम गरे।
वर्दीको मर्यादा बिर्सेर राज्य विरुद्ध नै जासुसी गरेपछि गृहमन्त्रालयले उनलाई तत्काल निलम्बन गरी शुक्रबार स्पष्टीकरण सोधेर बर्खास्तगीको औपचारिक प्रक्रिया सुरु गर्दैछ। सशस्त्र प्रहरीको इतिहासमै पहिलोपटक गृहमन्त्रीस्तरबाट एआईजीलाई बर्खास्त गर्न लागेको हो ।
आगामी असोज २८ गते चारवर्षे पदावधि पूरा गरी एक वर्ष म्याद थपको तयारीमा रहेका दाहालको अब पदावधि थपिने सम्भावना पूर्ण रूपमा समाप्त भएको छ। २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका दाहाल अब पेन्सन र सुविधासमेत खोसिने गरी बर्खास्त’ हुने लगभग निश्चित भएको छ।
’स्याउको बाकस’मा घुस बुझाउने चोलेन्द्र ग्याङलाई सघाउन वर्दीपछाडिबाट गुप्तचरी गर्ने एआईजी वंशीराज दाहालमाथिको यो कारबाहीले सुरक्षा निकायभित्र ठूलो भूकम्प ल्याइदिएको छ। नातागोता र बिचौलिया जोगाउन राज्यको सुरक्षा संयन्त्रसँगै खेलबाड गर्ने जुनसुकै शक्तिशाली अधिकारी भए पनि अब उम्कन पाउने छैनन् भन्ने कडा सन्देश समेत यो बर्खास्तीले दिने भएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया