११ भदौ २०८२
काठमाडौं - रौतहटकी रुबी साहको हत्या आरोपमा पक्राउ परेका युवकले अपराधको स्वीकारोक्ति गरेका छन् । आज बिहान जलेको अवस्थामा भेटिएका माधव नारायण नगरपालिका–६ बस्ने लक्ष्मण पासवानले आमदाह प्रयास गर्नुअघि भिडिओ नै बनाएर आफुले रुबीको हत्या गरेको स्वीकार गरेका हुन् ।
गौर नगरपालिका–२ डेरा गरी बस्दै आएकी रुबीको शव सुटकेशभित्र राखिएको अवस्थामा भेटिएको थियो । घटनापछि खोजतलासमा जुटेका रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले पासवानलाई आज बिहान जलेको अवस्थामा पक्राउ गरेको हो ।
शरीरमा आगो लगाएर जलेको अवस्थामा पक्राउ परेका उनको अवस्था गम्भीर छ । थप उपचारका लागि उनलाई काठमाडौं रेफर गरिएको छ । आत्मदाह प्रयास गर्नुपूर्व नै भिडिओ बनाएर फेसबुकमा पोस्ट गरेका पासवानले रुबी आफ्नो प्रेमिका मात्र नभएर श्रीमती नै भएको दाबी गरेका छन् ।
आफूहरूले नेपाल र भारत दुवैतिर अदालती विवाह गरेको उनको भनाइ छ । तर रुबीकी आमाले आफूहरूलाई छुटाएको पासवानले आरोप लगाएका छन् । उनले भनेका छन्, ‘म गरिब थिएँ । उ ८,९ कक्षामा मसँग पढ्थी । त्यति बेलादेखि नै हाम्रो प्रेम सुरु भएको थियो । हामी १० कक्षामा पुगेपछि भागेर बिहे ग¥यौँ । सीतामढी डुमरा अदालतमा विवाह ग¥यौँ । फेरि नेपालको सर्लाहीमा गएर कोर्ट म्यारिज ग¥यौँ । तर उसको आमाले निकै सताइन् र छुट्याइन् ।’
रुबीको हत्याअघि आफ्नो कोठामा आफूहरुबीच लामो कुराकानी भएको र दुवैजना बाँच्न नसक्ने अवस्थामा पुगेको समेत उनको भनाइ छ ।
‘त्यो दिन ऊ मेरोमा आएको थियो । हामी बसेर धेरै कुरा ग¥यौँ । त्यसपछि झगडा भयो । झगडामा ऊ भन्छे, ‘म जान्न सक्दिनँ, म मर्छु ।’ मैले भनेँ, ‘तँ किन मर्छेस्, म मर्छु । तँ मलाई मारिदे ।’ ऊ भन्छे, ‘होइन, म मर्छु । म भन्छु, ‘म तँलाई मार्न सक्दिनँ, तँ मलाई मारिदे ।’ उ भन्छे, ‘म तँलाई देख्न सक्दिनँ, तँ मलाई मारिदे ।’ निकै डिप्रेशन भयो । आजसम्म मेरो हात काँपिरहेको छ । म पागल भइसकेको छु,’ पासवानले भिडियोमा भनेका छन् ।
त्यस्तै अगाडी उनले भनेका छन्, ‘म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् रु’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।’
सर्वोच्चको आदेश- नागरिकको दैनिक जीवनमा असर पर्ने संरचना हटाउनू
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
आशिका तामाङले रास्वपा छाड्न लागेकी हुन् ?
अन्य प्रदेशले ल्याए बजेट, सुदूरपश्चिमका कर्मचारी बल्ल लेख्दैछन्
ओलीकै अहंकारले एमाले फुट्ने निश्चत, अध्यक्ष पद जोगाउन गिड्गिडाउँदै ओली
१२ वर्षमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे, कुन वर्ष कति ?
काठमाडौं महानगरको सौन्दर्य, सुरक्षामा आँच आउने विज्ञापन सामग्री पूर्ण निषेध
गरिबको रोजीरोटी भिरबाट खसाल्ने वन कर्मचारीको निर्लज्ज बचाउ
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
प्रतिक्रिया