०९ साउन २०८२
हेटौडा- नेपाली कांग्रेसको वाग्मती प्रदेशका सांसदहरूले मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
अविश्वास प्रस्तावमा समर्थन दिएसँगै काठमाडौंमै रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मुख्यमन्त्री लामालाई भेटेर राजीनामा बुझाएका छन् । अन्य तीन मन्त्रीले भने ह्वाटस् एपमा राजीनामा बुझाएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
“अविश्वास प्रस्तावमा समर्थन दिएपछि नैतिक रूपमा पदमा बसिरहन मिल्ने कुरा भएन । त्यसैले मुख्यमन्त्रीलाई भेटेरै राजीनामा बुझाएको छु,” लामिछानेले भने, “उहाँलाई विगत एक वर्षमा मैले धेरै ठाउँमा जोगाउँदै आएको हुँ । बजेटमा गरेको त्रुटि सच्याउन नसक्दा उहाँ मुख्यमन्त्रीबाटै हट्ने अवस्था देखियो ।”
लामिछानेले बजेट अर्थमन्त्री कुन्दन काफ्ले र मुख्यमन्त्रीले मात्र चलाएको भन्दै अन्य मन्त्रालयका बजेट समेत तानेर अन्यत्रै विनियोजन गरेको आरोप लगाए ।
अविश्वास प्रस्ताव दर्ता गरेका अर्का एक सांसद भने आफूले संसदीय दलको नेतादेखि मुख्यमन्त्रीसम्म समर्थन जनाए पनि तामाङले सहयोगीहरूलाई नै पाखा लगाउने काम गरेको बताए । उनले सहयोग गर्ने सांसद मात्र नभएर पार्टीका केन्द्रीय सभापतिलाई समेत बेवास्ता गरेको बताए ।
“उहाँले हामी नेता बनाउन लाग्नेहरूलाई मात्र होइन केन्द्रीय सभापतिलाई समेत बेवास्ता गर्नुभयो,” ती सांसदले भने, “हामीले पार्टी सभापतिसँग भेट्यौँ । महामन्त्रीसँग पनि भेट्यौँ । सभापति शेरबहादुर देउवाले ‘गो अहेड’ भनेपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।”
उनले महामन्त्री गगन थापाले भेटमा बताएको कुरा भने खुलाउन चाहेनन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ र मुख्यमन्त्री लामा दुवै कांग्रेस संस्थापन पक्षका हुन् ।
उनीहरूबीच नै प्रतिस्पर्धा हुँदा संस्थापनइतरका भोट तानेर लामा ०७९ पुस १३ मा संसदीय दलको नेता निर्वाचित भएका थिए । तीन भोटले पछि परेका सभापति बानियाँले सांसद र पार्टी सभापति लामासँग असन्तुष्ट भएको मौका छोपेर संसदीय दलका नेता हुँदै मुख्यमन्त्रीबाट हटाउने कदम चालेका हुन् । लामामाथि संस्थापनइतरका नेता डा शेखर कोइरालासँग निकट भएको आरोप समेत लगाइएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया