०९ साउन २०८२
हेटौडा- नेपाली कांग्रेसको वाग्मती प्रदेशका सांसदहरूले मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
अविश्वास प्रस्तावमा समर्थन दिएसँगै काठमाडौंमै रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मुख्यमन्त्री लामालाई भेटेर राजीनामा बुझाएका छन् । अन्य तीन मन्त्रीले भने ह्वाटस् एपमा राजीनामा बुझाएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
“अविश्वास प्रस्तावमा समर्थन दिएपछि नैतिक रूपमा पदमा बसिरहन मिल्ने कुरा भएन । त्यसैले मुख्यमन्त्रीलाई भेटेरै राजीनामा बुझाएको छु,” लामिछानेले भने, “उहाँलाई विगत एक वर्षमा मैले धेरै ठाउँमा जोगाउँदै आएको हुँ । बजेटमा गरेको त्रुटि सच्याउन नसक्दा उहाँ मुख्यमन्त्रीबाटै हट्ने अवस्था देखियो ।”
लामिछानेले बजेट अर्थमन्त्री कुन्दन काफ्ले र मुख्यमन्त्रीले मात्र चलाएको भन्दै अन्य मन्त्रालयका बजेट समेत तानेर अन्यत्रै विनियोजन गरेको आरोप लगाए ।
अविश्वास प्रस्ताव दर्ता गरेका अर्का एक सांसद भने आफूले संसदीय दलको नेतादेखि मुख्यमन्त्रीसम्म समर्थन जनाए पनि तामाङले सहयोगीहरूलाई नै पाखा लगाउने काम गरेको बताए । उनले सहयोग गर्ने सांसद मात्र नभएर पार्टीका केन्द्रीय सभापतिलाई समेत बेवास्ता गरेको बताए ।
“उहाँले हामी नेता बनाउन लाग्नेहरूलाई मात्र होइन केन्द्रीय सभापतिलाई समेत बेवास्ता गर्नुभयो,” ती सांसदले भने, “हामीले पार्टी सभापतिसँग भेट्यौँ । महामन्त्रीसँग पनि भेट्यौँ । सभापति शेरबहादुर देउवाले ‘गो अहेड’ भनेपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।”
उनले महामन्त्री गगन थापाले भेटमा बताएको कुरा भने खुलाउन चाहेनन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ र मुख्यमन्त्री लामा दुवै कांग्रेस संस्थापन पक्षका हुन् ।
उनीहरूबीच नै प्रतिस्पर्धा हुँदा संस्थापनइतरका भोट तानेर लामा ०७९ पुस १३ मा संसदीय दलको नेता निर्वाचित भएका थिए । तीन भोटले पछि परेका सभापति बानियाँले सांसद र पार्टी सभापति लामासँग असन्तुष्ट भएको मौका छोपेर संसदीय दलका नेता हुँदै मुख्यमन्त्रीबाट हटाउने कदम चालेका हुन् । लामामाथि संस्थापनइतरका नेता डा शेखर कोइरालासँग निकट भएको आरोप समेत लगाइएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया