१३ फागुन २०८२
काठमाडौं- जिल्ला प्रशासन कार्यालय स्याङ्जाले संशोधित नागरिकता कानून कार्यान्वयनमा आएपछि जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।
पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका छोरा डेबिट पोख्रेल र छोरी प्रियंका पोख्रेलले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् ।
नेपाली आमाबाट जन्मिएका यी दुई नागरिकका पिता विदेशी नागरिक भएकाले यसअघि नागरिकता लिन कठिनाइ हुँदै आएको थियो । पछिल्लो कानुनी संशोधनपछि भने उनले नागरिकता पाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार, नेपाली महिला र विदेशी नागरिकबीच विवाह भई जन्मिएका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएपछि स्याङ्जाबाट पहिलोपटक यो प्रक्रिया अघि बढाइएको हो ।
‘संविधानले सुनिश्चित गरेको नागरिकताको अधिकार कार्यान्वयनतर्फ यो महत्वपूर्ण कदम हो,’ उनले भने, ‘नयाँ कानुनी व्यवस्थाअनुसार योग्य व्यक्तिलाई नागरिकता प्रदान गर्ने काम सुरु भइसकेको छ ।’
कानून संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने प्रावधान लागू भएपछि प्रक्रिया सहज बनेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार आवश्यक कागजात पूरा गरेका र कानुनले तोकेको मापदण्डमा पर्ने अन्य व्यक्तिहरूले पनि अब अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन् ।
‘लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका युवा, युवतीका लागि यो व्यवस्था राहतपूर्ण हुने अपेक्षा गरेका छौं,’ उनले भने ।
नागरिकता अभावमा शिक्षा, रोजगारी, बैंकिङ सेवा लगायतका आधारभूत सुविधाबाट वञ्चित हुनुपरेका परिवारका लागि नयाँ व्यवस्था सहज हुने विश्वास प्रशासनको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया