१४ कात्तिक २०८२
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनुमति नदिए पनि आज केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने भएका छन् ।
दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा अनुमति नपाए पनि कार्यतालिका पेस गर्ने जानकारी पार्टीभित्रको इतर समूहका नेता डा। शेखर कोइरालालाई दिएका हुन् ।
डा.कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा शुक्रबार बिहान आफू निकट पदाधिकारीहरूसँग आफ्नो सम्पर्क कार्यालय विशालनगरमा छलफल गरेका थिए ।
त्यो छलफलमा थापाले आजको बैठकमा अनुमति नपाए पनि कार्यतालिका पेस गर्ने बताएको बैठकमा सहभागी एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।
‘हिजो कार्यतालिका पेस गर्न पाउन्नस् भनेपछि बैठकमा सहभागी भइन । आज बैठकमा सहभागी हुन्छु । अनुमति नपाए पनि कार्यतालिका पेस गर्छु,’ कोइरालासँगको छलफलमा थापाले राखेको धारणा उल्लेख गर्दै एक पदाधिकारीले भने ।
थापाले बैठकअघि कार्यवाहक सभापति खड्कासँग कार्यतालिका पेस गर्ने विषयमा सहमति जुटाउन प्रयास भने गर्ने बताएका थिए । महामन्त्री थापाले यसअघि नै मङ्सिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका सचिवालयमार्फत बाहिर ल्याइसकेका छन् ।
डा।कोइरालाले बिहान छलफलका लागि उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेलाई बोलाएका थिए ।
कोइरालाले भने पार्टी अप्ठ्यारो परिस्थितिमा पुगेको भन्दै एकताबद्ध भएर नियमित महाधिवेशनको माग गर्नुपर्ने बताएका थिए । त्यसका लागि सबै एकताबद्ध भएर संस्थापनसँग धारणा राख्नुपर्ने डा।कोइरालाको भनाइ थियो ।
‘नियमित महाधिवेशन गर्नुको विकल्प हामीसँग छैन । एकताबद्ध भएर नियमित महाधिवेशन भनेनौँ भने पार्टी धरापमा पर्छ,’ कोइरालाले छलफलमा भनेका थिए, ‘हामी सबै एक भएर संस्थापनलाई दबाब दिनुपर्छ ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया