२८ साउन २०८२
काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दोषी नदेखिएपनि नैतिकता देखाएको भन्दै प्रशंसा गरेका छन्।
कुलिङ अफ पिरियडमा भएको गडबडी अनुसन्धान गर्न बनेको संसदीय समितिले प्रमुख दोषी नदेखाएपनि खतिवडाले नैतिकता देखाउँदै राजीनामा दिएको भन्दै प्रशंसा गरेका हुन् ।
कुलिङ पिरियडको प्रावधानमा छेडखानी भएपछि नैतिकता देखाउँदै खतिवडाले मंगलबार संसदको रोष्टमबाटै राजीनामाको घोषणा गरेका थिए । बुधबार सभामुख देवराज घिमिरेलाई उनले राजीनामा पत्र बुझाएका छन् । । राजीनामाका क्रममा उनले स्वार्थमा लिप्त कर्मचारीहरूले बद्मासी गर्दा आफू दण्डित हुनु परेको गुनासो गरेका थिए ।
राजीनामा गरेका खतिवडाको प्रशंशा गर्दै नेता कर्णले कांग्रेसले नैतिकताको राजनीति गर्छ भन्ने कुरा फेरि एकपटक प्रमाणित गरिदिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कुलिङ पिरियडको कु-कृत्यमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन्। सार्वभौम संसदमाथि छलकपट गर्ने कोही उम्किन नहुनेमा उनले जोड दिएका छन् ।
कर्णले फेसबुकमा लेखेका छन्– ‘कुलिङ अफ पिरियड‘ सार्वभौम संसदमाथि गरिएको कृत्यमा को कति जिम्मेवार भन्ने कुरा छानबिन प्रतिवेदनले रामहरि खतिवडालाई प्रमुख दोषी किटान नगरेको अवस्थामा पनि नैतिकता देखाएर राजिनामा दिनुले कांग्रेसभित्र केही निष्ठा,आदर्श र नैतिक बल राख्ने नेता अझैं बाँकि छन् भन्ने पुष्टि गर्छ। सत्ताको नेतृत्व गरेको दल नेकपा एमाले र स्वार्थमा लिप्त सिंहदरबारमा भागदौड गर्ने कर्मचारीको मिलेमतोमा गरिएको यो कु–कृत्यमा संलग्नमाथि कानुन बमोजिम कडा कार्वाही होस्। खबरदारः सार्वभौम संसदमाथि छलकपट कृत्य गर्ने कोही उम्किने कुरा स्विकार्न सकिदैन। माननीय रामहरि खतिवडाबाट अन्य कांग्रेसी नेता र अन्य दलदेखि लोभी–पापी कर्मचारीसम्मले नैतिकताको पाठ सिक्ने शुभ–ज्ञान प्रदान होस्।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया