१५ पुस २०८२
काठमाडौं- रवि र बालेनबीच सहमती भएको भोलिपल्टै उर्जामन्त्री कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा मिसिन सहमत भएका छन् । सोमबार बेलुका रवि लामिछाने नेतृत्वको रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिच एकता भएको छ ।
गत २३ र २४ भदौको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनका सहिद र घाइतेको बलिदानलाई स्मरण गर्दै दुवै पार्टीले साझा लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यससँगै अन्ततः उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि रास्वपामा आबद्ध भएका छन् । सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिचको सहमतिमा छुटेका घिसिङ पनि सोमबार मिलेर जान सहमत भएका हुन् । सहमतिअनुसार घिसिङ एकीकृत राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बालेनले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् । रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति छ ।
एक नेताका अनुसार घिसिङ दोस्रो वरीयतामा रहनेछन् । बालेन तेस्रो, डिपी अर्याल चौथो र स्वर्णिम वाग्ले पाँचौँ वरीयतामा रहनेछन् । यसअघि रवि पार्टी सभापति र बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको छ ।
एकतापश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रंगको गोलाकार बिचमा निलो रंगको घन्टीको आकृति, दलको चुनाव चिह्न घन्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ ।
सहमतिपत्रमा नवयुवाहरू ९जेन–जी०ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात गर्दै घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै, उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यता प्रणाली (मेरिटोक्रेसी)को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने प्रतिबद्धता पनि जनाइएको छ ।
‘मुलुकको परिवर्तित राजनीतिक घटनाक्रमले सिर्जना गरेको विशिष्ट परिस्थितिलाई हृदयङ्गम गरी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आमनागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच सहकार्य गर्दै नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९पहिलो पक्ष० र उज्यालो नेपाल पार्टी ९दोस्रो पक्ष० बिच देहायका सहमति भएको छ,’ सहमतिपत्रमा छ ।
दुई दिन सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक क्यालेन्डर प्रभावित हुने चेतावनी
महासङ्घको साधारण सभा र निर्वाचन रोक्न उच्च अदालत पाटनको आदेश
श्रममन्त्री साह पदमुक्त
रास्वपाले भन्योः स्वास्थ्यमन्त्री निशा मेहतामा गम्भीरता देखिएन
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
अबको २४ घण्टा सास थामेर बस्नुहोस्, मच्चिदैछ ठूलो विध्वंश, सिद्धिदैछन् देश
गृह मन्त्रालयमा ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गरिने
अब नयाँ सवारी लाइसेन्स २४ घण्टामै, पुराना असार मसान्तभित्रै छापिने
श्रममन्त्रीकी श्रीमती स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त, बालेनको अनुहारमा कालो पोत्दै स्वास्थ्य मन्त्रीले किन गरिन यस्तो निर्णय ?
जताततै सरकारी गाडी हुइक्याउनेको धन्दा बन्द,कर्मचारी र पदाधिकारीको इन्धन सुविधा चे
प्रतिक्रिया